बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

माईखोला हाइड्रोपावरको आईपीओ खुला, क-कसले दिन पाउँछन् आवेदन?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २५ २०७९
माईखोला हाइड्रोपावरको आईपीओ खुला, क-कसले दिन पाउँछन् आवेदन?

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको हो।

काठमाडौं- माई खोला हाइड्रोपावरले साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार आठ सयको १० प्रतिशत अर्थात् तीन करोड ९२ लाख १५ हजार सातसय रूपैयाँ बराबरका एकसय दरका तीन लाख ९२ हजार एकसय ५७ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि निष्कासन गरेको छ भने वैदेशिक रोजगारमा रहेका नेपालीका लागि एक लाख ५२ हजार नौ ४१ कित्ता सेयर जारी गरेको हो। 

यसमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा आगामी चैत ९ गते हुनेछ भने ढिलोमा चैत २४ मा हुने कम्पनीले जनाएको छ।

वैदेशिक रोजगारमा रहेका नेपालीले भने अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। उनीहरुले आगामी चैत ९ गतेभित्र आवेदन दिनुपर्नेछ।


प्रकाशित : बिहीबार , फागुन २५ २०७९०४:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend