बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

श्री एयरको जहाजमा दायाँ इन्जिनमा आगो देखिएपछि उडेको २३ मिनेटमै सुरक्षित अवतरण 

बिहीबार , फागुन २५ २०७९
श्री एयरको जहाजमा दायाँ इन्जिनमा आगो देखिएपछि उडेको २३ मिनेटमै सुरक्षित अवतरण 

काठमाडौं- काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरको जहाजको इन्जिनमा आकाशमै आगो देखिएपछि जहाजलाई काठमाडौं विमानस्थलमै आकस्मिक अवतरण गराइएको छ।

विमानस्थल कार्यालयका प्रमुख प्रतापबाबु तिवारीका अनुसार जहाजको दायाँ इन्जिनमा समस्या देखिएको हो। काठमाडौं विमानस्थलबाट गौतम बद्ध विमानस्थलका लागि ९ बजेर ३८ मिनेटमा उडान भरेको जहाजको दायाँ इन्जिनमा आगो देखिएपछि २३ मिनेटमै काठमाडौं विमानस्थलमा सुरक्षित अवतण गरिएको उनले जानकारी दिए।

23278d98-3f5d-4f71-8445-f8680b790705.jpg

जहाजमा चालक दलका सदस्यसहित ७८ यात्रु थिए। जहाज धादिङको बैरेनीमाथिको आकाशमा पुगेपछि इन्जिनमा आगो देखिएको हो। जहाजलाई त्यहीँबाट घुमाएर हेटौंडा हुँदै काठमाडौंमा नै अवतरण गरिएको हो। श्रीको उडान नम्बर ८२१ जहाजमा आगो देखिएको हो।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि सकुशल अवतरण गराइएको र अहिले विमानस्थलको उडान अवस्था सामान्य रहेको छ।


प्रकाशित : बिहीबार , फागुन २५ २०७९०४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend