शनिबार, असोज १३ गते २०८०    

उडिरहेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लाग्यो, आकस्मिक अवतरण

images
उडिरहेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लाग्यो, आकस्मिक अवतरण
images

काठमाडौं- उडिरहेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगलागी भएको छ। 

images

काठमाडौंबाट भैरहवाका लागि उडेको जहाजमा आकाशमै इन्जिनमा आगो देखिएपछि जहाजलाई काठमाडौं विमानस्थलमै आकस्मिक अवतरण गराइएको विमानस्थल स्रोतले जानकारी दिएको छ।

images

उडानदलका सदस्यले आगो देखेपछि आकस्मिक अवतरण गराइएको हो। जहाजमा रहेका सबै यात्रु सकुशल रहेको मानन्धरले जानकारी दिए। 

images

उडिरहेको समयमा इन्जिनबाट धुँवा देखिएको मानन्धरले बताएका छन्। 

images

जहाजमा ७३ यात्रु र चालकदलका चार सदस्य रहेका थिए। सामान्य रुपमा सबैलाई अवतरण गराएपछि अहिले अर्को जहाजबाट यात्रु पठाउन खोजिएको छ।

images

प्रकाशित : बिहीबार , फागुन २५ २०७९१०:०४

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ