बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

उडिरहेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लाग्यो, आकस्मिक अवतरण

बिहीबार , फागुन २५ २०७९
उडिरहेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लाग्यो, आकस्मिक अवतरण

काठमाडौं- उडिरहेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगलागी भएको छ। 

काठमाडौंबाट भैरहवाका लागि उडेको जहाजमा आकाशमै इन्जिनमा आगो देखिएपछि जहाजलाई काठमाडौं विमानस्थलमै आकस्मिक अवतरण गराइएको विमानस्थल स्रोतले जानकारी दिएको छ।

उडानदलका सदस्यले आगो देखेपछि आकस्मिक अवतरण गराइएको हो। जहाजमा रहेका सबै यात्रु सकुशल रहेको मानन्धरले जानकारी दिए। 

उडिरहेको समयमा इन्जिनबाट धुँवा देखिएको मानन्धरले बताएका छन्। 

जहाजमा ७३ यात्रु र चालकदलका चार सदस्य रहेका थिए। सामान्य रुपमा सबैलाई अवतरण गराएपछि अहिले अर्को जहाजबाट यात्रु पठाउन खोजिएको छ।


प्रकाशित : बिहीबार , फागुन २५ २०७९०४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend