बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पर्यटन उद्यमी अभिषेक विक्रम शाह सम्मानित

बुधबार, फागुन २४ २०७९
पर्यटन उद्यमी अभिषेक विक्रम शाह सम्मानित

बेष्ट रिसोर्ट नेपालका निर्देशक शाह बहुचर्चित चन्द्रागिरी हिल्स लिमिटेडका पूर्व महाप्रबन्धक हुन्।

काठमाडौं- पर्यटन उद्यमी अभिषेक विक्रम शाह 'नेपाल सम्मान २०७९' बाट सम्मानित भएका छन्। 

बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमी शाहलाई नेपाल सम्मानबाट सम्मानित गरेका हुन्। 

सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित नेपाल सम्मान २०७९ एवं अन्तर्राष्ट्रिय नारी सम्मान २०७९ समारोहमा नेपालमा पर्यटन व्यवसायको प्रवर्द्धनमा विशेष योगदान गरेका शाहलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो।

बेष्ट रिसोर्ट नेपालका निर्देशक शाह बहुचर्चित चन्द्रागिरी हिल्स लिमिटेडका पूर्व महाप्रबन्धक हुन्। दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध शाह यसअघि पनि आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित भइसकेका छन्।


प्रकाशित : बुधबार, फागुन २४ २०७९११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend