आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images
तातोपानी भन्सारले पहिल्याएको त्रुटीको प्रभाव

रसुवागढी भन्सारले १ प्रतिशतमा छुटेका विद्युतीय भ्यानमा थप ९ प्रतिशत भन्सार तिर्न काट्यो पत्र

१५० भ्यानबाट थप ३ करोड राजस्व राज्यले पाउने 

images
images
images
रसुवागढी भन्सारले १ प्रतिशतमा छुटेका विद्युतीय भ्यानमा थप ९ प्रतिशत भन्सार तिर्न काट्यो पत्र

कार्यालयले त्यस्ता भ्यान आयातकर्ताहरूलाई ९ प्रतिशत भन्सार, त्यसमा लाग्ने १३ प्रतिशत भ्याट र तत्पश्चातको मूल्यमा बाँकी हुन आउने सडक सम्भार दस्तुर राजस्व खातामा दाखिला गर्न भनेको हो। 

images
images

काठमाडौं- चीनबाट नेपाल आयात भएका विद्युतीय भ्यान ११ सिट क्षमताको नभएर ९ सिट क्षमताको पुष्टि भएको छ। विगतमा रसुवागढी भन्सारले त्रुटीबस त्यस्ता भ्यान ११ सिट भएको काजगातका आधारमा एक प्रतिशत भन्सार महसुलमा जाँचपास गर्दै आएको छ। 

images
images
images

सोही भ्यान केही दिनअघि तातोपानी भन्सारबाट नेपाल भित्रन लाग्दा कार्यालयले भन्सार ऐनमा भएको व्यवस्था पल्टाएर हेर्‍यो। भन्सार ऐनमा गाडीमा रहेका फोल्डिङ सिटलाई सिट संख्यामा गणना नगरिने व्यवस्था छ। सिट संख्याका आधारमा सार्वजनिक यातायातमा प्रयोग हुने सवारीको वर्गीकरण र कर लाग्दै आएको छ। 

images

९ सिटसम्मका विद्युतीय सवारीलाई निजी प्रयोजनका सवारीसरह भन्सार अर्थात १० प्रतिशत लाग्ने व्यवस्था छ। तर ११ सिट क्षमताका विद्युतीय सवारीलाई माइक्रोबसको वर्गमा राखेर एक प्रतिशतमात्र भन्सार लाग्ने व्यवस्था गरिएको छ। 

images

रसुगागढी भन्सारले यसअघि जाँचपास गर्दा फोल्डिङ सिटलाई समेत गणना गरेर एक प्रतिशत भन्सार लिएर छुटाउँदै आएको थियो। तर तातोपानी भन्सारले फोल्डिङ सिटलाई भन्सार ऐनले गणना नगर्ने व्यवस्था गरेको भन्दै ती भ्यान ९ सिटको मात्र भएको र १० प्रतिशत नै कर लाग्ने निर्णय गरेको थियो।

images
images

तातोपानी भन्सारको उक्त निर्णयअनुसार दीगो ग्रुअन्तर्गतको एनईभी नेपाल प्रालिले चीनबाट आयात गर्दै आएको डीएफएसकेका भ्यान ९ सिट क्षमताकै कायम भएर ९ प्रतिशत भन्सार बापतको रकम धरौटी राखेर १२ वटा विद्युतीय भ्यान छुटाएको थियो। त्यस्तै अन्य भ्यान पनि छुटाउने क्रममा रहेको छ। पछिल्लो पटक एनईभीले ७२ वटा भ्यान ल्याएको थियो। 

दीगो ग्रुपअन्तर्गतको एनईभी नेपालले ती विद्युतीय भ्यान ९ सिटकै भएको र धरौटीकै रुपमा १० प्रतिशत (पहिले १ प्रतिशत तिरेको र तातोपानी भन्सारले गाडी ९ सिटको मात्र हुने भनेपछि थप ९ प्रतिशत भन्सार महसुल धरौटी राखेको) नै भन्सार तिर्न तयार भएपछि यसअघि आयात भएका सबै फोल्डिङ सिटसहित ११ सिट गणना भएका भ्यानमा एक प्रतिशतबाहेक बाँकी रहेको ९ प्रतिशत भन्सार थप गर्नुपर्ने भएको भन्दै आयातकर्ता सबै कम्पनीलाई रसुवागढी भन्सार कार्यालयले पत्र पठाएको छ। 

विद्युतीय भ्यानमा कानूनअनुसार १० प्रतिशत नै भन्सार तिर्न तयार भयो दीगो विद्युतीय भ्यानमा कानूनअनुसार १० प्रतिशत नै भन्सार तिर्न तयार भयो दीगो

रसुवागढी भन्सार कार्यालयले गएको साता नै दीगो ग्रुपअन्तर्गतको एनईभी तथा अन्य कम्पनीलाई यसअघि भित्रिएका सबै विद्युतीय भ्यानमा लाग्नु पर्ने १० प्रतिशत कर मध्ये बाँकी रहेको ९ प्रतिशत भन्सार बुझाउन पत्र पठाएको हो। कार्यालयले त्यस्ता भ्यान आयातकर्ताहरूलाई ९ प्रतिशत भन्सार, त्यसमा लाग्ने १३ प्रतिशत भ्याट र तत्पश्चातको मूल्यमा बाँकी हुन आउने सडक सम्भार दस्तुर राजस्व खातामा दाखिला गर्न भनेको हो। 

यसअघि भएको असावधानीलाई सच्याएर कानूनअनुसार बाँकी हुने कर रकम दाखिला गर्न आयाकर्ताहरूलाई भनिसकिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए। ‘कार्यालयले आयातकर्ता सबैलाई बाँकी हुन आउने कर रकम बुझाउन भनेर पत्र पठाइसकेको छ,’ उनले भने, ‘भन्सार कानूनको पूर्णपालन हुँदा राज्यलाई ३ करोड रुपैयाँभन्दा बढी राजस्व प्राप्त हुन्छ।’  

पछिल्लो पटक दीगो समूहले डीएफएसकेकै विद्युतीय भ्यान तातोपानी नाका हुँदै आयात गरेको थियो। सो भन्सार कार्यालयमा कागजात पेश गरेपछि कार्यालयले कानूनी व्यवस्था र कागजातमा भएको गाडीको स्पेसिफिकेसन जाँच गर्दा सो विद्युतीय भ्यानमा ९ सिट र दुईवटा फोल्डिङ सिट रहेको फेला पारेको थियो। तत्पश्चात कार्यालयले कानूनले फोल्डिङ सिटलाई मान्यता नदिएको भन्दै १० प्रतिशत नै भन्सार लाग्ने बतायो। 

त्यसविरुद्ध दीगो समूह भन्सार विभागमा पुगेको थियो। रसुवागढी भन्सार कार्यालयले ११ सिटकै मान्यता दिएर एक प्रतिशत भन्सार लगाएर सयौँ गाडी पास गरेको तर तातोपानी भन्सारले सोही भ्यानमा ९ सिटमात्र भएको र १० प्रतिशत भन्सार लाग्ने बताएको भन्दै दीगोले विभागमा गुनासो गरेको थियो। तर विभागले कानूनअनुसार हुनुपर्ने काम कानूनअनुसार नै हुने जवाफ दियो। त्यसपछि दीगो समूह विभिन्न निकाय तथा शक्तिकेन्द्र धायो। 

कानूनमा स्पष्ट लेखिएकाले सबैले केही गर्न नसक्ने जवाफ दिएपछि दीगो समूह (एनईभी नेपाल प्रालि) १० प्रतिशत नै भन्सार तिरेर विद्युतीय भ्यान जाँचपास गराउन तयार भएको हो। दीगोको उक्त स्वीकारोक्तिसँगै यसअघि चीनबाट आएका समान स्पेसिफिकेसनका सबै विद्युतीय भ्यानमा १० प्रतिशत कर लगाउने बाटो खुलेको हो। 

आर्थिक ऐनमै ११ सिटभन्दा न्यून क्षमता भएका विद्युतीय गाडीका लागि कतै पनि एक प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको छैन। यसलाई अन्य कार, जिप, भ्यान सरहकै भन्सार महसुल लाग्ने व्यवस्था रहेको छ। कानूनमा भएको व्यवस्थाअनुसार नै सरकारले कर लिने भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पुण्यबिक्रम खड्काले बताए। ‘भएको कानूनअनुसार काम गर्नू भनेर कार्यालयहरूलाई सर्कुलर भएको हुन्छ। कुनै भन्सार कार्यालयले केही कमी कमजोरी गरेको अवस्थामा अर्काे कार्यालयले पत्ता लगाएपछि त्यहीअनुसार सबै कार्यालयलाई पुनः भनिन्छ र बाँकी कर असुली हुन्छ', खड्काले भने। 

यसअघि पनि समान स्पेसिफिकेसन भएका सयौँ भ्यान नेपाली बजारमा भित्रिएर विभिन्न रुटमा सञ्चालनमा रहेका छन्। यसअघि फोल्डिङ सिटलाई नै पूर्ण सिटको मान्यता दिएर रसुवागढी भन्सारबाट मात्र विद्युतीय भ्यान आएका थिए। हालसम्म उक्त नाकाबाट डीएफएसकेका मात्र १ सय २० वटा ईसी ३६ (डाँफे) भ्यानसहित १ सय ५० वटाभन्दा बढी आयात भइसकेका छन्। यी सबै भ्यानबाट १० प्रतिशत नै भन्सार महसुल लिँदा राज्यले ३ करोड रुपैयाँभन्दा बढी थप कर पाउने छ।

images

प्रकाशित : बुधबार, फागुन २४ २०७९११:२६

प्रतिक्रिया दिनुहोस