बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

निगमको इतिहासमा पहिलोपटक सबै महिला क्रू मेम्बरको यूएई-काठमाडौं उडान 

बुधबार, फागुन २४ २०७९
निगमको इतिहासमा पहिलोपटक सबै महिला क्रू मेम्बरको यूएई-काठमाडौं उडान 

काठमाडौं- नेपाल वायुसेवा निगमको इतिहासमा पहिलोपटक पाइलट, को-पाइलट र एयरहोस्टेस सबै महिलाले अन्तर्राष्ट्रिय हवाई सेवा दिएका छन्।

यूएईबाट काठमाडौंका लागि अहिले (बुधबार बिहान) उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहासका सबै क्रू मेम्बर महिला मात्रै रहेका छन्।

नेपाल वायु सेवा निगमले महिला दिवसमा एउटा उडान सबै महिला क्रू मेम्बरबाट गराएको हो। नेपालको अन्तर्राष्ट्रिय उडान इतिहासमा यो नै सबै क्रू मेम्बर महिला भएको पहिलो उडान हो।

जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ।

९ एन एकेएक्स जहाजको कमाण्ड पाइलट भावना गिरी पन्त, को-पाइलट श्रृजना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, संगिता केसी र अनिशा प्रजापति रहेका छन्। 


प्रकाशित : बुधबार, फागुन २४ २०७९०२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend