आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

निगमको इतिहासमा पहिलोपटक सबै महिला क्रू मेम्बरको यूएई-काठमाडौं उडान 

images
बुधबार, फागुन २४ २०७९
images
निगमको इतिहासमा पहिलोपटक सबै महिला क्रू मेम्बरको यूएई-काठमाडौं उडान 
images
images

काठमाडौं- नेपाल वायुसेवा निगमको इतिहासमा पहिलोपटक पाइलट, को-पाइलट र एयरहोस्टेस सबै महिलाले अन्तर्राष्ट्रिय हवाई सेवा दिएका छन्।

images
images
images

यूएईबाट काठमाडौंका लागि अहिले (बुधबार बिहान) उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहासका सबै क्रू मेम्बर महिला मात्रै रहेका छन्।

images
images

नेपाल वायु सेवा निगमले महिला दिवसमा एउटा उडान सबै महिला क्रू मेम्बरबाट गराएको हो। नेपालको अन्तर्राष्ट्रिय उडान इतिहासमा यो नै सबै क्रू मेम्बर महिला भएको पहिलो उडान हो।

images
images

जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ।

९ एन एकेएक्स जहाजको कमाण्ड पाइलट भावना गिरी पन्त, को-पाइलट श्रृजना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, संगिता केसी र अनिशा प्रजापति रहेका छन्। 


प्रकाशित : बुधबार, फागुन २४ २०७९०२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend