बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सर्लाहीमा पहिलो चार्जिङ स्टेसन सञ्चालन, कुन समयमा कति महसुल?

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २३ २०७९
images
images
सर्लाहीमा पहिलो चार्जिङ स्टेसन सञ्चालन, कुन समयमा कति महसुल?

ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले एकसय ४२ किलोवाट क्षमताको दुई प्रकारका चार्जिङ उपकरण जडान गरेको हो। 

images
images

सर्लाही- पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ। विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो।

images
images
images

ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले एकसय ४२ किलोवाट क्षमताको दुई प्रकारका चार्जिङ उपकरण जडान गरेको हो। दिगो कम्पनीका इञ्जिनियर सुजित पौडेलले चार्जिङ स्टेसनमा जिबीटी र सिसीएम चार्जिङ उपकरण जडान गरिएको भन्दै पहिलो मेसिनबाट ठूला र व्यावसायिक गाडी र दोस्रो उपकरणबाट जीप, कारजस्ता साना सवारी चार्ज गर्न मिल्ने जानकारी दिए। 

नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रअन्तर्गत हरिवन केन्द्रका प्रमुख जागेश्वर रामले दुईवटा उपकरणबाट एकैपटक छ वटा सवारी साधन चार्ज गर्न मिल्ने जानकारी दिए। 

images

उपकरणमा राखिएको क्यूआर कोडमा ग्राहकले एनइए मोबाइल एपमार्फत स्क्यान गरेपछि उपकरणले चार्ज सुरू गर्ने उनको भनाइ छ। समयानुसार एपमार्फत ग्राहकले सञ्चित गरेको रकमबाट सिधै प्राधिकरणको खातामा पैसा जम्मा हुने प्रविधि मिलाइएको केन्द्रका प्रमुख रामले जानकारी दिए। 

images

‘साँझ ५ देखि ११ बजेसम्मको पिकआवरमा प्रतियुनिट १० दशमलव ५० र राति ११ बजेदेखि बिहान ५ बजेसम्म छ दशमलव ६० रूपैयाँ महसुल निर्धारण गरेको छ’, विद्युत् प्राधिकरण लालबन्दीका सूचना अधिकारी विशाल श्रेष्ठले भने, ‘बिहान ५ देखि बेलुकी ५ बजेसम्मको समयमा सवारीसाधन चार्ज गर्दा प्रतियुनिट आठ दशमलव ५० रूपैयाँ विद्युत् महसुल निर्धारण गरिएको छ।’ 

‘चार्जिङ स्टेसन स्थापनापछि विद्युतीय सवारीसाधन सञ्चालन गर्न सजिलो र सस्तो भएको छ’, चालक मोहन थापाले भने, ‘डिजेल गाडीमा सर्लाहीबाट काठमाडौं पुगेर आउँदा कम्तीमा १० हजार रूपैयाँको तेल मात्रै खर्च हुन्थ्यो’, उनले थपे, ‘विद्युतीय सवारीले त्यति नै दूरी एक हजार खर्च गरे पुग्छ।’  रासस  


प्रकाशित : मंगलबार, फागुन २३ २०७९११:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend