बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लगातार घटिरहेको सेयर बजारमा देखियो दोहोरो अंकको सुधार

मंगलबार, फागुन २३ २०७९
लगातार घटिरहेको सेयर बजारमा देखियो दोहोरो अंकको सुधार

काठमाडौं- लगातार घटिरहेको सेयर बजारमा साताको दोस्रो कारोबारमा सुधार देखिएको छ। पहिलो कारोबारमा आइतबार ३०.७७ अंकले घटेको बजारमा मंगलबार सुधार देखिएको हो।

मंगलबार १४.४१ अंकले बढेर बजार १९५२.६६ बिन्दुमा पुगेको छ। १६३ कम्पनीको सेयर मूल्य बढ्दा १ अर्ब २० करोड रुपैयाँको मात्र कारोबार भएको छ। ४५ कम्पनीको सेयर मूल्य घटेको बजारमा ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साताको पहिलो कारोबारमा आइतबार ३०.७७ अंकले घटेर बजार १९३८ बिन्दुमा झरेको थियो। वृद्धितर्फ बढ्ने आश गरिएको सेयर बजार लामो समयदेखि उतारचढावमा रहँदै आएको छ। 

केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा पुन: उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहेको देखिन्छ। लगानीकर्ताले विश्वासिलो आधार नभेट्दा बजारको स्थायी सुधार हुन सकेको देखिँदैन। लगानीकर्ताको मनोविज्ञान स्पष्ट नहुँदा बजारको यात्रा यकिन गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। सरकारमा नयाँ अर्थमन्त्री बन्ने अन्योलले पनि बजारको मनोविज्ञानमा असर गरिरहेको उनीहरू बताउँछन्। 

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। उच्च बिन्दुको यात्रादेखि यता लगातार उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा नै देखिन्छ। 


प्रकाशित : मंगलबार, फागुन २३ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend