शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

एमसीसी आयोजनाका लागि तीन जिल्लामा जग्गा लिने काम सुरू, कहाँ कहाँ लिइँदै छ?

images
मंगलबार, फागुन २३ २०७९
images
images
एमसीसी आयोजनाका लागि तीन जिल्लामा जग्गा लिने काम सुरू, कहाँ कहाँ लिइँदै छ?

अहिले तीनै जिल्लामा विद्युत् प्रसारण लाइनका लागि जग्गा लिने प्रक्रिया सुरू गर्न लागिएको हो। जग्गाप्राप्तिपछि निर्माणको काम सुरू हुनेछ।

images
images

काठमाडौं- अमेरिकी सहायता परियोजना एमसीसी मातहतको आयोजनाका लागि तीन जिल्लामा जग्गा लिने प्रक्रिया सुरू भएको छ।

images
images
images

एमसीए नेपालले मंगलबार सूचना प्रकाशित गरी धादिङ, पाल्पा र तनहुँमा जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरू भएको जनाएको छ।

images
images

तीनै जिल्लाका विभिन्न स्थानीय तहमा आयोजनाका लागि आवश्यक पर्ने जग्गाको नाप जाँच गर्ने, सर्वेक्षण गर्न, साँध छुट्याउन, किला गाड्न प्राविधिक टोली खटिने एमसीए नेपालले जनाएको छ।

images
images
images

सूचना प्रकाशित भएको तीन दिनपछि प्राविधिक टोली गाउँमा पुग्ने एमसीए नेपालले जनाएको छ। यसका लागि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको प्रथम बैठकबाट प्रारम्भिक कारबाही चलाइ जग्गाप्राप्तिको काम अगाडि बढाउने निर्णय भइसकेको जनाएको छ।

अहिले तीनै जिल्लामा विद्युत् प्रसारण लाइनका लागि जग्गा लिने प्रक्रिया सुरू गर्न लागिएको हो। जग्गाप्राप्तिपछि निर्माणको काम सुरू हुनेछ।

कहाँ कहाँ लिइँदै छ जग्गा?

1111_jQAVttCbSL.webp

1111_jQAVttCbSL.webp

1111_jQAVttCbSL.webp


प्रकाशित : मंगलबार, फागुन २३ २०७९०७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend