बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

कर्णालीका मुख्यमन्त्रीको सम्पत्ति : ससुरालीले दिएको दुई तोला सुन, पाँच लाख रुपैयाँ बचत

images
मंगलबार, फागुन २३ २०७९
images
images
कर्णालीका मुख्यमन्त्रीको सम्पत्ति : ससुरालीले दिएको दुई तोला सुन, पाँच लाख रुपैयाँ बचत

शर्मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेपछि पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको दुई महिनामा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

images
images

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको सम्पत्ति विवरण सार्वजनिक भएको छ। 

images
images
images

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री शर्माको सम्पत्ति अन्दाजी दुई तोला सुन र नेपाल बैंक लिमिटेडमा पाँच लाख नगद बचत छ। सुन श्रीमती प्रतिभा केसीलाई माइतीले दिएको विवरणमा उल्लेख छ। 

दाङको लमही नगरपालिका-१ मा श्रीमतीको नाममा विभिन्न पाँच कित्तामा जग्गा रहेको उल्लेख छ। उक्त जग्गा पैतृक सम्पत्ति रहेको विवरणमा उल्लेख छ।

images

यस्तै रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडा नं. १४ मा पिता चन्द्रप्रकाश शर्माको नाममा पैतृक सम्पत्ति अन्दाजी ४,५ रोपनी जग्गा रहेको पाइएको छ। मुख्यमन्त्री शर्माको नाममा भने चौरजहारी नगरपालिका वडा नं. २ मा २ हजार १ सय २० वर्गमिटर क्षेत्रफलको जग्गा रहेको छ। उक्त जग्गा कृषि आय र सेवासुविधाबाट दुई लाख १० हजारमा खरिद गरेको उनले उल्लेख गरेका छन्। 

images

मुख्यमन्त्री शर्माले सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार दाङको लमही नगरपालिका-१ मा २०७१ सालदेखि उनको परिवारले ड्रागन खेती लगाएको छ। ६ सय बोट ड्रागन अन्दाजी ३ लाखमा खरिद गरिएको हो। पारिश्रमिक र पैतृक सम्पत्तिबाट सुरू गरिएको ड्रागन खेतीबाट वार्षिक १५-१६ लाख आम्दानी हुने विवरणमा उल्लेख छ। 

मुख्यमन्त्री शर्माको घर, गाडी, ऋण भने नरहेको विवरणमा उल्लेख छ। 

शर्मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेपछि पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको दुई महिनामा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। प्रदेशका मन्त्रीहरुको भने सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन। 


प्रकाशित : मंगलबार, फागुन २३ २०७९०८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend