सोमबार, वैशाख ३१ गते २०८१    
images
images

२८ मेगावाट 'मध्य-चमेलिया जलविद्युत आयोजना'को लागत ६ अर्ब २३ करोड

images
images
images
२८ मेगावाट 'मध्य-चमेलिया जलविद्युत आयोजना'को लागत ६ अर्ब २३ करोड

आयोजनाअन्तर्गत २६.५० हेक्टर निजी र अपी-नाम्पा संरक्षण क्षेत्रको जग्गा ९.७९ हेक्टर पर्दछ। आयोजनाले ओगट्ने जमिनको मूल्यांकन ६ करोड ५१ लाख १७ हजार ५ सय रुपैयाँ अनुमान गरिएको छ।

images
images

काठमाडौं- दार्चुलामा निर्माण हुने मध्य-चमेलिया जलविद्युत आयोजनाको लागत ६ अर्ब २३ करोड ६२ लाख ६७ हजार ३ सय ९० रुपैयाँ अनुमान गरिएको छ।

images
images
images

वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उक्त लागत अनुमान गरिएको हो। २८.३०४ मेगावाटको मध्य-चमेलिया जलविद्युत आयोजना सुदूरपश्चिम प्रदेशको दार्चुलाको मार्मा गाउँपालिकामा अवस्थित छ।

images

गाउँपालिकाको २, ३, ४, ५ र ६ नम्बर वडा भएर बग्ने चमेलिया नदीको पानी प्रयोग गरी लम्बगरमा बाँध बनाई बाँध स्थलबाट ७ हजार ८० मिटर लामो हेडरेस पाइपमार्फत सतही विद्युत गृहमा २८.३०४ मेगावाट जलविद्युत उत्पादनको प्रस्ताव गरिएको छ।

images

आयोजनाको जलधार क्षेत्र ७५९.६७ वर्ग किलोमिटर र डिजाइन बहाव २५.१७ घनमिटर प्रतिसेकेन्ड रहेको वातावरणीय रिपोर्टमा उल्लेख छ। यो आयोजना समुन्द्र सतहबाट ९ सय देखि १ हजार ५० मिटर क्षेत्रमा रहको छ।

images
images

आयोजनका लागि ३६.२९६४ हेक्टर जमिन आवश्यकता पर्ने रिपोर्टमा उल्लेख छ। जसमध्ये ३३.३९ हेक्टर स्थायी रुपमा र २.९० हेक्टर अस्थायी रुपमा जमिन आवश्यक पर्ने छ।

आयोजनाअन्तर्गत २६.५० हेक्टर निजी र अपी-नाम्पा संरक्षण क्षेत्रको जग्गा ९.७९ हेक्टर पर्दछ। आयोजनाले ओगट्ने जमिनको मूल्यांकन ६ करोड ५१ लाख १७ हजार ५ सय रुपैयाँ अनुमान गरिएको छ।

यसैगरी निजी रुख कटानको क्षतिपूर्तिमा ५ लाख १० हजार र एक सिजनको अन्नको क्षतिपूर्ति रकम ५४ लाख ६९ हजार ८ सय ७० रुपैयाँ लाग्ने रिपोर्टमा उल्लेख छ।

यसैगरी रिपोर्टमा वातावरण प्रभाव न्यूनीकरण र व्यवस्थापनका लागि ३ करोड ९४ लाख रुपैयाँ लाग्ने अनुमान उल्लेख छ। 

images

प्रकाशित : मंगलबार, फागुन २३ २०७९०५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend