बुधबार, कात्तिक ७ गते २०८१    
images
images

कक्षा १२ को परीक्षा बैशाख २६ देखि, यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने ८ सर्त

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २३ २०७९
images
images
कक्षा १२ को परीक्षा बैशाख २६ देखि, यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने ८ सर्त

परीक्षा २०८० वैशाख २६ गतेबाट सुरु भई जेठ ५ गतेसम्म चल्ने छ। परीक्षा बिहान ८ बजेबाट सुरु हुने बोर्डले जनाएको छ। 

images
images

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षा तालिका र समय प्रकाशन गरेको छ।

images
images
images

बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधकि विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेड वृद्धि एंव आंशिक परीक्षार्थीहरुको वार्षिक परिक्षा तालिका र समय प्रकाशन गरेको हो।

परीक्षा २०८० बैशाख २६ गतेबाट सुरु भई जेठ ५ गतेसम्म चल्ने छ। परीक्षा बिहान ८ बजेबाट सुरू हुने बोर्डले जनाएको छ। 

images

यस्ता छन् परीक्षार्थीमा लागु हुने सर्तहरू :

images

- तोकिएको परीक्षा कार्यक्रमअनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था गरिने छैन।

- कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्वसूचना बिना परीक्षा स्थगित गरिने छैन।

- परीक्षाका लागि चाहिने ग्राफ पेपर, चार्ट, गोश्वारा भौचर, बैंक नगदी किताब, लगटेबल जस्ता सामग्रीहरू परीक्षार्थी स्वयंले ल्याउनुपर्नेछ। 

- नयाँ पाठ्यक्रमअनुसार बायोलोजी विषयको परीक्षा दिने परीक्षार्थीहरूले बोटनी र जुयोलोजी विषयका लागि एउटै उत्तरपुस्तिका प्रयोग गर्नुपर्नेछ। 

- परीक्षा केन्द्र परिवर्तन गर्न पाइने छैन। परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको छ।

- कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकैदिन परीक्षा परेको खण्डमा सूचना प्रकाशन भएको १५ दिनभित्र बोर्डका प्रदेश/शाखा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराउनुपर्नेछ।

- साधारण/परम्परागत  धारतर्फ रजिष्ट्रेशन नम्बरको सुरुका दुई अंक ७८ र ७९  हुने ग्रेडवृद्धि तथा नियमित परीक्षार्थीहरूले नयाँ पाठ्यक्रमअनुसार परीक्षामा सहभागी हुनुपर्ने तथा सो बाहेक अन्य ग्रेडवृद्धि/आंशिक परीक्षार्थीहरू (रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक ७२, ७३, ७४, ७५, ७६ र ७७ हुने) ले पुरानो पाठ्यक्रमअनुसार परीक्षा दिनुपर्नेछ। 

- प्राविधिक धारतर्फका नियमित परीक्षार्थीहरू (रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ७९ हुने) ले प्राविधिक धारतर्फको नयाँ पाठ्यक्रम अनुसार परीक्षामा सहभागी हुनुपर्ने तथा सो बाहेक अन्य ग्रेडवृद्धि/आंशिक परीक्षार्थीहरू (रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङक ७२, ७३, ७४, ७५, ७६, ७७ र ७८ हुने) ले पुरानो पाठ्यक्रम अनुसार परीक्षा दिनुपर्नेछ।


प्रकाशित : मंगलबार, फागुन २३ २०७९०४:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend