बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ शुल्क संकलनका लागि कम्पनी छनोट, कस्तो सवारीको पार्किङ शुल्क कति?

स्क्वायर एड्भाइजर्स प्रालिले २ वर्षको १ करोड ६२ लाख ४० हजार तिर्नुपर्ने

मंगलबार, फागुन २३ २०७९
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ शुल्क संकलनका लागि कम्पनी छनोट, कस्तो सवारीको पार्किङ शुल्क कति?

अब भने नयाँ कम्पनीले विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको शुल्क उक्त कम्पनीले उठाउने छ।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल टर्मिलन भवनको उत्तरपट्टी रहेको १० हजार ५ सय १४.८३७ वर्गमिटर क्षेत्रफलमा सवारी पार्किङ तथा शुल्क संकलनका लागि कम्पनी छनोट गरेको छ।

कार्यालयले २ वर्षका लागि कम्पनी छनोट गरेको हो। कार्यालयले स्क्वायर एड्भाइजर्स प्रालि पोखरालाई सवारी पार्किङ शुल्क स‌ंकलनको जिम्मा दिएको हो। २ वर्षका लागि प्राधिकरणले १ करोड ६२ लाख ४० हजार रुपैयाँ कर सहित प्राधिरणलाई कम्पनीले बुझाउने गरी कम्पनी छनोट गरेको हो।

विमानस्थल जनवरी १ देखि सञ्चालनमा आएपनि सवारी पार्किङ शुल्क संकलनका लागि कम्पनी छनोट हुन सकेको थिएन। प्राधिकरणले सुरुवाती दिनमा पुरानो पोखरा विमानस्थलमै रकम संकलन गरिरहेको कम्पनीलाई जिम्मा दिएको थियो। अब भने नयाँ कम्पनीले विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको शुल्क उक्त कम्पनीले उठाउने छ।

कस्तो सवारीको पार्किङ शुल्क कति?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मोटरसाइकल तथा स्कुटर तथा रिक्साका लागि प्रतिघण्टा ३० रुपैयाँ र प्रतिदिन १ सय ८० रुपैयाँ तोकिएको छ। यसैगरी कार/ जिप/  लिमोजन/ टेम्पोको हकमा प्रतिघण्टा ६० रुपैयाँ  र प्रतिदिन ३ सय ६० रुपैयाँ तोकिएको छ।

साथै हल्का सवारी साधन (मिनिबस र माइक्रोबस)को प्रतिघण्टा ८० रुपैयाँ र प्रतिदिन ४ सय ८० रुपैयाँ सवारी धनीले तिर्नु पर्छ। यसैगरी बस, ट्रक (ग्रहौ सवारी साधन)को प्रतिघण्टा १ सय २० रुपैयाँ र प्रतिदिन ७ सय २० रुपैयाँ तोकिएको छ।


प्रकाशित : मंगलबार, फागुन २३ २०७९०४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend