बुधबार, कात्तिक ७ गते २०८१    
images
images

काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ, ६८ ठाउँमा ‘चेक पोइन्ट’

images
सोमबार, फागुन २२ २०७९
images
images
काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ,  ६८ ठाउँमा ‘चेक पोइन्ट’

होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

images
images

काठमाडौं- होली पर्वलाई मध्यनजर गरी आज काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ। 

images
images
images

आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लंघन गरेर सवारी हाँक्न सक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो। काठमाडौंका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’ राखिएको प्रहरीले जनाएको छ। यसैगरी विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ। 

होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लंघन गरी तीव्र गतिमा सवारी हाँक्नेलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए। 

images

उनले इच्छाविपरीत कसैलाई रङ दल्ने, लोला हान्ने, होली मनाउने नाममा अभद्र व्यवहार गर्ने, लागुपदार्थ सेवन गरेर सवारी हाँक्ने तथा ट्राफिक नियम उल्लंघन गरी लापरबाहीका साथ सवारी हाँक्नेलाई कारबाही गरिने बताए।

images

होली पर्वलाई मर्यादित र सुरक्षित बनाउनका लागि उपत्यका ट्राफिक प्रहरीले थप सक्रियता जनाएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ थियो। रासस 


प्रकाशित : सोमबार, फागुन २२ २०७९०७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend