काठमाडौं- आज (सोमबार) फागुपूर्णिमा अर्थात् रंगहरुको चाड। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा (हाेली) आज काठमाडौं उपत्यका लगायत पहाडी भेगमा हर्षोल्लासका साथ मनाइँदैछ।
काठमाडौंको वसन्तपुर, पाटनढोका, ठमेल, लगायतका क्षेत्रमा स्थानीय बासिन्दासँग आगन्तुक र विदेशी पर्यटक पनि होलीको रङमा रंगिएका छन्। बालबालिका, युवायुवतीहरू बिहानैदेखि नाचगानसँगै एकअर्कामा अबिर दलेर होली मनाइरहेका छन्।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।
तराईमा भने मंगलबार होली पर्व मनाइँदैछ।
तस्बिरहरू : रासस