बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

महिला लघुवित्त लाभांश पारित, सेयर र नगद कति? 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २१ २०७९
महिला लघुवित्त लाभांश पारित, सेयर र नगद कति? 

सभाले  सञ्चालक समितिको तर्फबाट अध्यक्ष तारा कुँवरद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पारित गरेको छ।  

काठमाडौं-  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत  सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद  गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

सभाले  सञ्चालक समितिको तर्फबाट अध्यक्ष तारा कुँवरद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पारित गरेको छ।  

सभाले संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीका केही दफा तथा नियमहरूलाई संशोधन गर्ने, संस्थाले अन्य इजाजतप्राप्त ‘घ’ बर्गका लघुवित्त संस्थाहरुलाई गाभिने र गाभ्ने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्नेरगाभिने प्राप्ति एक्विजिसन तथा खरिद सम्बन्धी समझदारीपत्र तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई पुर्ण अख्तियारी प्रदान गर्ने, संस्थाको प्रवन्धपत्र तथा नियामावली संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरुबाट आवश्यक निर्देशन गरेमा सोहि बमोजिम प्रवन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिर्माजन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पुर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पनि पारित गरेको छ। 

 

 


प्रकाशित : आइतबार, फागुन २१ २०७९१३:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend