शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

बैंक तथा वित्तीय क्षेत्रको समसामयिक विषयमा प्रधानमन्त्री दाहालले गभर्नर र व्यवसायीसँग गरे छलफल

images
आइतबार, फागुन २१ २०७९
images
images
बैंक तथा वित्तीय क्षेत्रको समसामयिक विषयमा प्रधानमन्त्री दाहालले गभर्नर र व्यवसायीसँग गरे छलफल

प्रधानमन्त्री दाहालले  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका हुन्। प्रधानमत्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर उनले छलफल गरेका छन्।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक तथा वित्तीय क्षेत्रका समसामयिक विषय सरकारी निकायका प्रतिनिधी र निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्।

images
images
images

प्रधानमन्त्री दाहालले  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका हुन्। प्रधानमत्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर उनले छलफल गरेका छन्।

images
images

उनले  पछिल्लो समय निजी क्षेत्रले बैंकको उच्च ब्याजदरविरुद्ध आक्रोश पोख्ने र केही समूहले अराजक गतिविधि नै गर्न थालेपछि प्रधानमन्त्री दाहालले यसबारे चासो देखाएका छन्।

images
images
images

त्यस्तै बैंक तथा वित्तीय संस्थाको ऋणका सम्बन्धमा निजी क्षेत्रले भ्रम फैलाउन नहुनेमा पनि जोड दिए। बैंक तथा वितीय क्षेत्रमा विशेष गरी लघुवित्तहरुले ऋणीहरुलाई मारमा पारेको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीहरुले राख्दै आएका छन्।

आजको छलफलमा मुख्य सचिव शंकरदास बैरागी, अर्थसचिव तोयम राया, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मालगायतको सहभागिता छ।


प्रकाशित : आइतबार, फागुन २१ २०७९०९:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend