बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

१९३८ अंकमा ओर्लियो सेयर बजार, एक अर्ब ३९ करोडको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २१ २०७९
१९३८ अंकमा ओर्लियो सेयर बजार,  एक अर्ब ३९ करोडको कारोबार

आइतबार ३०.७७ अंकले घटेर बजार १९३८ बिन्दुमा झरेको छ। १८ कम्पनीको सेयर मूल्य बढ्दा एक अर्ब ३९ कराेड २३ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- गएको साताको पहिलो कारोबारमा सामान्य अंकले बढेको सेयर बजारमा त्यसयता लगातार गिरावट आएको छ। 

यो साताको पहिलो कारोबारमा पनि बजारमा सुधार देखिएन। आइतबार ३०.७७ अंकले घटेर बजार १९३८ बिन्दुमा झरेको छ। १८ कम्पनीको सेयर मूल्य बढ्दा एक अर्ब ३९ कराेड २३ लाख रूपैयाँको कारोबार भएको छ।

बजारमा आइतबार १९६ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको भने स्थिर रह्यो। अधिकांश लघुवित्त कम्पनीको सेयर मूल्य नकारात्मक देखिँदा सुपर मादी हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतले बढ्यो। 

वृद्धितर्फ बढ्ने आश गरिएको सेयर बजारमा लगातार गिरावट आएको छ। बजारले आश गरेअनुरुप नीतिगत सम्बोधन नभेटेपछि लगानीकर्तामा दोधार बढेको विश्लेषकहरू बताउँछन्। नयाँ सरकार आएसँगै पुँजी बजारलाई ध्यानमा राखेर अघि बढ्ने घोषणा बारम्बार भइरहँदा त्यसअनुरुप कदमहरू भने देखिएको छैन।


प्रकाशित : आइतबार, फागुन २१ २०७९०९:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend