बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

निगमको इतिहासमा पहिलो पटक दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

आइतबार, फागुन २१ २०७९
निगमको इतिहासमा पहिलो पटक दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

निगमका पाइलट भावना पन्त र  कोपाइलट श्रृजना राउतको टोलीले जहाज उडान गरेका हुन्।

काठमाडौं- नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई महिला पाइलटले अन्तराष्ट्रिय उडान गरेका छन्।

निगमका पाइलट भावना पन्त र कोपाइलट श्रृजना राउतको टोलीले जहाज उडान गरेका हुन्। उनीहरुले आइतबार बिहान १२:०४ को समयमा एयरबस ३२० बाट काठमाडौं-युएई उडान गरेका हुन्। जहाजमा १५३ यात्रु सवार थिए। 

यो टाेली सोमबार वा मंगलबार पुन: उडान भरेरै काठमाडौं फर्कने छ।

४५ वर्षीय पन्त विगत २५ वर्षदेखि नेपालको हवाई क्षेत्रमा आबद्ध छन्। पन्त नेकोन एयरबाट हवाई क्षेत्रमा प्रवेश गरेकी थिइन्। यसअघि उनले नेकोन, बुद्ध तथा सौर्यमा समेत उडान गरेकी थिइन्। 

 


प्रकाशित : आइतबार, फागुन २१ २०७९०८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend