बुधबार, कात्तिक ७ गते २०८१    
images
images

विद्युत प्राधिकरणले काठमाडौंमा २ सहित ४ नयाँ चार्जिङ स्टेसन बनाउन माग्यो टेन्डर 

images
आइतबार, फागुन २१ २०७९
images
images
विद्युत प्राधिकरणले काठमाडौंमा २ सहित ४ नयाँ चार्जिङ स्टेसन बनाउन माग्यो टेन्डर 

आइतबार प्राधिकरणले काठमाडौं उपत्यकामा २ वटा र उपत्यका बाहिर २ वटा गरि ४ वटा विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउन टेन्डर आह्वान गरेको हो।

images
images

काठमाडौं- विद्युत प्राधिकरणले विद्युतीय सवारीको चार्जिङ पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको छ। यसअघि ५० वटा चार्जिङ स्टेसन निर्माण गर्ने निर्यायअनुसार धमाधन बनिरहेको छ। 

images
images
images

त्यस्तै आइतबार प्राधिकरणले काठमाडौं उपत्यकामा २ वटा र उपत्यका बाहिर २ वटा गरि ४ वटा विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउन टेन्डर आह्वान गरेको हो। टेन्डरअनुसार काठमाडौंको सामाखुसी र बल्खुमा चार्जिङ स्टेसन बनाउने छ। त्यस्तै उपत्यका बाहिर चितवनको मुग्लिन र महोत्तरीको बर्दिबासमा चार्जिङ स्टेसन बनाउने टेन्डर भएको हो। 

चार्जिङ स्टेसन बन्ने स्थानमा पूर्वाधार निर्माण, आपूर्ति र मेरिनरी इक्युमेन्टको इस्टलेसन गर्नुपर्ने गरि टेन्डर आह्वान भएको छ। 

images

विद्युत प्राधिकरणले रत्नपार्क लगायत केही स्थानमा बनेको चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको छ भने अन्यत्र तीब्र गतिमा निर्माण गरिरहेको छ। चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै प्राधिकरणले देशका प्रमुख सहर तथा राजमार्गहरूमा पनि द्रुत सवारी चार्जिङ स्टेसनहरूको स्थापना गर्ने तयारी गरेको घोषणा समेत गरेको छ। प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य भइरहेको छ। २६ वटा जीबीटी ‘ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागी र २५ वटा साना ठूला कारहरू चार्जर निर्माणको चरणमा रहेको छ। 

images

जसका लागि आवश्यक एनएसपी (नेशनल सर्भिस प्रोभाइडर) प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ। एनएसपीमार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछन्। चार्जको रकम भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिनेछ।

चार्जिङ स्टेसन सञ्चालकले विद्युतीय सवारी साधानलाई चार्जिङ सेवा दिएबापत महसुल दरमा प्रति किलोवाट-घण्टा (युनिट) मा अधिकतम २० प्रतिशतसम्म थप गरी लिन पाउने छन्। चार्जिङ स्टेसन निर्माणका लागि प्राधिकरणले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीबीच छुट्टाछुट्टै सम्झौता गरिसकेको छ।

हाल निर्माण भइरहेको चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डीसी प्लस, २२ किलोवाट एसी रहेको समेत प्राधिकरणले जनाएको छ। प्राधिकरणले कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने दाबी गरेको छ। चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयूभीहरूमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने लाग्ने समेत प्राधिकरणले जनाएको छ।

प्राधिकरणसँगै विद्युतीय सवारी चार्जिङका लागि निजी क्षेत्रले समेत काम गरिरहेको छ। सवारी आयातकर्ता कम्पनीहरुले पनि विभिन्न स्थानमा डीसी तथा एसी चार्जर जडानलाई प्राथमिकता दिएका छन्। यसले विद्युतीय सवारीको प्रयोगकर्तालाई विद्युृतीय सवारी प्रयोगमा प्रोत्साहित गर्नेछ। 


प्रकाशित : आइतबार, फागुन २१ २०७९०५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend