काठमाडौं- साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
आइतबार छापावाल सुनको मूल्य तीनसय रूपैयाँले बढेर प्रतितोला एक लाख दुई हजार ८ सय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य आइतबार प्रतितोला एक लाख दुई हजार ३ सय तोकिएको छ।
चाँदीको मूल्य गएको शुक्रबारको तुलनामा १० रूपैयाँले वृद्धि भएको छ। आज चाँदी प्रतितोला एक हजार २ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।