बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

४ हिमाल सरसफाईमा ३२ जना सेना खटिने, आरोहण दस्तुर छुट हुने

शुक्रबार, फागुन १९ २०७९
४ हिमाल सरसफाईमा ३२ जना सेना खटिने, आरोहण दस्तुर छुट हुने

काठमाडौं- ४ वटा हिमाल सरसफाईमा ३२ जना नेपाली सेना खटिने भएका छन्। सगरमाथा, ल्होत्से, बरुन्चे र अन्नपूर्ण हिमाल सरसफाईमा ३२ जना सेना खटिने भएका छन्।

सगरमाथा र ल्होत्सेको सरसफाईमा १३, बरुन्चेको सरसफाईमा १० र अन्नपूर्णको सरसफाईमा १० जना खटिने भएका हुन्। सगरमाथ र ल्होत्सेको सरसफाई टीमको नेतृत्व प्रमुख सेनानी किशोर अधिकारीले गर्ने भएका छन् भने अन्नपूर्णको टीम नेतृत्व सहसेनानी भिम बहादुर भुजेलले गर्ने छन्।

यसैगरी बरुन्चेको नेतृत्व सेनानी समिर बहादुर बस्नेतले गर्ने भएका छन्। हिमाल सरसफाईको खटिने सबैले हिमाल आरोहणमा बुझाउनु पर्ने दस्तुर (सलामी दस्तुर)मा सरकारले छुट दिन भएको छ। 


प्रकाशित : शुक्रबार, फागुन १९ २०७९१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend