बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लगानीकर्ताले सस्तोमा किनेर नाफा बुक गर्दा नेपाल पुनर्बीमाको सेयर मूल्यमा लगातार गिरावट

शनिबार, फागुन २० २०७९
लगानीकर्ताले सस्तोमा किनेर नाफा बुक गर्दा नेपाल पुनर्बीमाको सेयर मूल्यमा लगातार गिरावट

कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीले पछिल्लो दुई वर्ष दोस्रो बजारमा एकछत्र राज गरेको थियो। पछिल्लो समय भने कम्पनीको सेयर मूल्य लगातार घट्यो। नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीहरूलाई हकप्रद सेयर जारी गर्ने चर्चाकाबीच कम्पनीको सेयर मूल्य घटिरहेको छ। 

जोखिमको मात्रा बढेको भन्दै कम्पनीले हकप्रद निष्काशन गरेरै भएपनि पुँजी बढाउने योजना बनाएको छ। नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पुँजी बढाउन निर्देशन दिएको थियो। पुनर्बीमा कम्पनीहरूलाई प्राधिकरण पुँजी बढाउने विषयमा कुनै निर्देशन दिएको छैन। 

nric.JPG

पछिल्लो बढेर पुनः घटेको। सस्तो मू्ल्यमा खरिद गरेका लगानीले पछिल्लो समय धमाधम सेयर बिक्री गरेर नाफा बुक गर्दा पुनः सेयर मूल्य घटेको हो। कम्पनीको सेयर मूल्य बिहीबार प्रतिकित्ता ११.३० रुपैयाँले घटेर ६७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनीको बिहीबार २८ हजार कित्ता सेयर कारोबार हुँदा २ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ। 

नेपाल स्टकएक्सचेन्ज (नेप्से) का अनुसार गत वर्षको सबैभन्दा धेरै कारोबार हुने सूचीमा पुनर्बीमा कम्पनी परेको थियो। एक वर्षमा कम्पनीको सेयर मूल्य न्यूनतम ५६५ रुपैयाँमा कारोबार भएको थियो भने उच्चतम २०१० रुपैयाँसम्म पुगेको थियो। कम्पनीले दुईवर्ष अगाडि कम्पनीले गत वर्ष १९ प्रतिशत लाभांश दिएको थियो। गतवर्ष घटेर ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। 

पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो। कम्पनीको चुक्तापुँजी बढाउने रणनीतिसमेत रहेको छ। जसमा आगामी वर्ष हकप्रद दिनेगरी छलफल थालेको छ। 

कम्पनीले केही वर्षभित्रै २० अर्ब रुपैयाँ चुक्तापुँजी पुर्‍याउने नीतिसमेत लिएको छ। कम्पनीले १ः१ को अनुपातमा हकप्रद दिएर चुक्तापुँजी बढाउने रणनीतिमा रहेको छ। 


प्रकाशित : शनिबार, फागुन २० २०७९०४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend