काठमाडौं- सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य प्रतिलिटर ९ रूपैयाँले बढाउने निर्णय गरेको हो।
अहिले दूधको मूल्य प्रतिलिटर ५६.४ रूपैयाँ छ। सरकारले मूल्य बढाएसँगै अब दूधको मूल्य ६५ पुग्ने छ।
उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको भन्दै किसानले दूधको मूल्य बढाउन सरकारसँग माग गर्दै आएका थिए।