काठमाडौं- नेपाल टेलिकमले उपत्यकामा नेपाल टेलिकमको फाइबर सेवामा देखिएको समस्याबारे स्पष्ट पारेको छ।
सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबरमा क्षति पुग्दा ठाउँठाउँमा सेवा अवरुद्ध हुन पुगेको टेलिकमले जनाएको छ।
यस्ताे समस्या आउन नदिन संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने भन्दै टेलिकमले सेवा प्रवाहमा साथ दिन अनुराेध समेत गरेको छ।