बुधबार, कात्तिक ७ गते २०८१    
images
images

अघि बढ्यो दुई रेलमार्गबीच तादात्म्यता मिलाउने योजना

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १९ २०७९
images
images
अघि बढ्यो दुई रेलमार्गबीच तादात्म्यता मिलाउने योजना

पूर्व-पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत अहिले निजगढ-भरतपुर खण्डको डीपीआर अध्ययन भइरहेको छ।

images
images

काठमाडौं- सरकारले निर्माण सुरु गरेको पूर्व-पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता (सिङ्क्रोनाइज) मिलाउने तयारी अघि बढाइएको छ।

images
images
images

रक्सौल-काठमाडौं रेलमार्ग पनि निजगढ खण्डमा मिल्ने हुँदा निर्माण सुरू हुनुअघि नै दुई लाइनबीच तादात्म्यता मिलाउन आवश्यक रहेको रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनियर) अमन चित्रकारले बताए। भारतीय पक्षले रक्सौल-काठमाडौंको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन गरिरहेको छ।

भारतीय पक्षलाई लिखितरूपमै निजगढ खण्डको केही सूचना दिनका लागि भनिएको समेत उनको भनाइ छ। उनले भने, ‘एउटा रेलबाट अर्को रेलमा यात्रु कसरी परिवर्तन गर्ने, कसरी चढाउने र झार्ने, कसरी सामान एउटाबाट अर्कोमा हाल्ने र कसरी मालसामान ढुवानी गर्ने भनी मिलाउनुपर्ने हुन्छ।’ 

images

भारतीय कम्पनी कोंकण रेल्वे कम्पनी लिमिटेडले अध्ययनको काम गरिरहेकाले पहिले लिखितरूपमै पठाइएको प्रवक्ता चित्रकारले बताए। त्यहाँबाट जवाफ नआएपछि अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट परराष्ट्र मन्त्रालय हुँदै भारतीय पक्षलाई अनुरोध गरिएको छ। 

images

पूर्व-पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत अहिले निजगढ-भरतपुर खण्डको डीपीआर अध्ययन भइरहेको छ। पहिले सबै खण्डको अध्ययन भइसकेको भए पनि यो खण्डमा रेखांकन परिवर्तन गर्नुपर्ने भएकाले पुनः अध्ययन भइरहेको प्रवक्ता चित्रकारको भनाइ छ। पहिलेको रेखांकन चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रहेकाले अहिले त्यहाँबाट नलगेर निजगढबाट हेटौँडा हुँदै भरतपुर लैजाने गरी डिपिआर भइरहेको उनले बताए। 
 
सरकारसँग भारतीय पक्षले गरेको सम्झौता (एमओयु) अनुसार सो अध्ययन प्रतिवेदन सुरु भएको १८ महिनामा दिनुपर्ने उल्लेख छ । प्रारम्भिक अध्ययनका आधारमा काठमाडौं-रक्सौल रेलमार्गको लम्बाइ एक सय २६ किमी अनुमान गरिएको थियो। निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल वरपरबाट घुमाएर गर्दा लम्बाइ केही बढ्नसक्ने देखिएको छ। 

रक्सौल-काठमाडौं रेलमार्ग ब्रोड गेजमा अध्ययन भइरहेको छ भने पूर्व-पश्चिम रेलमार्ग अहिले पछिल्लो चरणमा स्ट्याण्डर्ड गेजमा अध्ययन भइरहेको छ। भारत सरकारले निर्माण गरिरहेको अरु रेलमार्ग पनि ब्रोड गेजका छन्। चीन सरकारले सुरु गरेको काठमाडौं-केरुङ रेलमार्ग भने स्ट्याण्डर्ड गेजमै छ। रासस 


प्रकाशित : शुक्रबार, फागुन १९ २०७९१०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend