बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पर्यटकले अप्रिल १ देखि बिनागाइड ट्रेकिङ जान नपाउने, टिम्स शुल्क सतप्रतिशत बढ्यो

शुक्रबार, फागुन १९ २०७९
पर्यटकले अप्रिल १ देखि बिनागाइड ट्रेकिङ जान नपाउने, टिम्स शुल्क सतप्रतिशत बढ्यो

काठमाडौं- पदयात्रामा जानका लागि विदेशी पर्यटकका लागि अब पदयात्री गाइड अनिवार्य हुने भएको छ।

नेपाल पर्यटन बोर्डले पर्यटकको सुरक्षका लागि भन्दै विदेशी पर्यटकका लागि गाइड अनिवार्य गरेको हो। बोर्डले अब फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी) लाई पदयात्रामा जान रोक लगाएको छ।

‘सुरक्षाको कारणले  एफआईटी पर्यटकलाई पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड नदिने निर्णय गरेका छौ,’ नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले भने। 

यो व्यवस्था नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागु हुने गरी यस्तो निर्णय गरेको समेत लामिछानेले बताए।

पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाने गरेका थिए। अबएक्लै घुम्न जानेहरुलाई टिम्स कार्ड उपलब्ध हुने छैन। 

बोर्डले एफआईटीका खारेज गर्दै टिम्सको शुल्क समेत सतप्रतिशत वृद्धि गरेको छ। यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउने गरेका थिए। 

अहिले सबै पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति २ हजार रुपैयाँ पुर्‍याइएको छ। सार्क मुलुकका नागरिकले यसअघि २ सय रुपैयाँ तिर्दै आएको टिम्स कार्डलाई अब १ हजार तिर्नुपर्ने छ।


प्रकाशित : शुक्रबार, फागुन १९ २०७९१०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend