बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

म्यारियट र फेयरफिल्ड होटलको होली अफर 

शुक्रबार, फागुन १९ २०७९
म्यारियट र फेयरफिल्ड होटलको होली अफर 

रंगको पर्व होलीका दिन रमाइलो हुनेगरि खाद्य तथा पेयको विशेष व्यवस्थासहितको अफर होटलले ल्याएको हो। 

काठमाडौं- पाँच तारे होटल म्यारियट काठमाडौंले होलीका अवसरमा ग्राहकका लागि विशेष अफर ल्याएको छ। 

रंगको पर्व होलीका दिन रमाइलो हुनेगरि खाद्य तथा पेयको विशेष व्यवस्थासहितको अफर होटलले ल्याएको हो। 

होटल म्यारियटमा होलीका दिन बेलुका साढे पाँच बजेदेखि १०  राति बजेसम्म ठमेल किचेनमा विभिन्न परिकार उपलब्ध हुनेछ। उक्त अवसरमा विभिन्न खानाको छनौट, लाइभ कुकिङ अनुभव, विशेष नेवारी काउन्टर तथा बीबीक्यू काउन्टर हुने छ। पानिपुरी, तन्दुरीको पनि लाइभ स्टेसन हुने छ। कार्भिङ स्टेशनसहित ग्राहकहरूले अनुभव लिनसक्ने होटलले जानकारी दिएको छ। 

त्यस्तै ठमेलमा रहेको फेयरफिल्ड होटलमा भने होलीका दिन दिउँसो १२ बजेदेखि बेलुका चार बजेसम्मका लागि विशेष पार्टीको व्यवस्था गरेको छ। काफा अल्फ्रेस्कोमा हुने उक्त अवसरमा चाहिएजति बियर, डिजे म्युजिक तथा रंग पनि खेल्न सकिने छ। 

  


प्रकाशित : शुक्रबार, फागुन १९ २०७९०७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend