काठमाडौं- शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
बिहीबारको तुलनामा शुक्रबार सुन एकसय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक लाख २ हजार पाँचसय कायम छ भने तेजाबी सुनको मूल्य एक लाख दुई हजार कायम छ। बिहीबार तेजाबी सुन एक लाख दुई हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार एक हजार २ सय ७० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार पाँच रूपैयाँले घटेर एक हजार २ सय ६५ रूपैयाँ कायम छ।