शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी 

images
शुक्रबार, फागुन १९ २०७९
images
images
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी 

प्राधिकरणले तालिम केन्द्रमा उपमहानिर्देशक देवचन्द्रलाल कर्णलाई पठाएको छ। 

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त भएका छन्। यसअघिका महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेपछि तिवारी प्रमुख बनेका हुन्। 

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि नागरिक उड्डयन तालिम केन्द्र भक्तपुरको प्रमुख रहेका तिवारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयमा पठाएको हो। तिवारीले यसअघि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख भएर काम गरिसकेका छन्। 

images
images

प्राधिकरणले तालिम केन्द्रमा उपमहानिर्देशक देवचन्द्रलाल कर्णलाई पठाएको छ। 

images
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा हंसराज पाण्डे नियुक्त भएका छन्। यसअघिका प्रमुख गोविन्द दाहाल अवकाशमा गएपछि पाण्डेलाई प्रमुख बनाएर पठाइएको हो। एभियसन सेफ्टी तथा सेक्युरिटी रेगुलेसन निर्देशनालयको जिम्मेवारी नबिना कर्माचार्यलाई दिईएको छ। 

 


प्रकाशित : शुक्रबार, फागुन १९ २०७९०४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend