शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

‘नो डिपोजिट’ भन्दै व्यापारीहरूले संघर्ष चर्काउँदा बैंकहरूको निक्षेप संकलन प्रभावित

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १९ २०७९
images
images
‘नो डिपोजिट’ भन्दै व्यापारीहरूले संघर्ष चर्काउँदा बैंकहरूको निक्षेप संकलन प्रभावित

रकम निक्षेप र भुक्तानी गर्न दैनिक भीड देखिने धनगढीका बैंकहरूमा बिहीबार छिटपुट सेवाग्राहीमात्र देखिएका थिए। सुदूरपश्चिम प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य संघले व्यापारीको संघर्षमा ऐक्यबद्धता जनाएका छन्।

images
images

सुदूरपश्चिम- ‘नो डिपोजिट’ भन्दै व्यापारीहरूले संघर्ष चर्काएपछि आज धनगढीका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन कार्य प्रभावित भएको छ।

images
images
images

चर्को ब्याजदर बढाएको भन्दै विरोधमा केही दिनदेखि दबाबमूलक संघर्ष गरिरहेका व्यापारीले बिहीबार नो डिपोजिट भन्दै बैंकमा पैसा जम्मा नगरेपछि निक्षेप संकलन प्रभावित भएको हो। ब्याजदर घटाउनुपर्ने मागसहित संघर्ष गरिरहेका व्यापारीले बुधबार नेपाल राष्ट्र बैंक धनगढी शाखा घेराउसमेत गरेका थिए।

images
images

बैंकहरूले ब्याजदर चर्को लगाएको व्यापारीको भनाइ छ। चर्को ब्याजदरले व्यापारीमात्र नभई आम सर्वसाधारणसमेत समस्यामा पर्न थालेको उनीहरूको दाबी छ। रकम निक्षेप र भुक्तानी गर्न दैनिक भीड देखिने धनगढीका बैंकहरूमा बिहीबार छिटपुट सेवाग्राहीमात्र देखिएका थिए। सुदूरपश्चिम प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य संघले व्यापारीको संघर्षमा ऐक्यबद्धता जनाएका छन्।

images
images
images

नेपाल राष्ट्र बैंक धनगढी शाखाका प्रबन्धक विनोद लेखकले पछिल्लो तीन-चार महिनादेखि देशको आर्थिक अवस्थामा भइरहेको सुधारसँगै ब्याजदर पनि केही कम हुँदै गएको अवस्थामा चर्को ब्याजदर भयो भन्ने तर्क असान्दर्भिक रहेको बताए।

'बैंकको कस्ट उच्च हुन पुग्दा विगतमा बैंकको कर्जामा ब्याजदर पनि केही बढेको थियो', उनले भने, 'हाल चर्को ब्याजदर छ भन्न मिल्दैन।' बैंक तथा वित्तीय संस्थाको आधार दर र प्रिमियमका आधारमा ब्याजदर तोक्ने गरिन्छ। औसत निक्षेपमा दिएको ब्याज र औसत कर्जामा लिइने ब्याज स्प्रेडदर (अन्तर दर) चार प्रतिशतभन्दा बढी हुन नहुने नेपाल राष्ट्र बैंकको नीति छ। 

धनगढीस्थित एनआइसी एसिया बैंकका प्रबन्धक जीवन शाहीले देशमा आर्थिक तरलताले समस्या निम्त्याइरहेको बताए। 'व्यापार छैन, महँगी बढेको छ, बैंकको कस्ट उच्च छ', उनले भने, 'एक वर्षदेखि नै ब्याजदर बढेको हो, अहिले उच्च पुगेको मात्र हो।' 

मुद्दतिको ब्याजदर नघटेसम्म एक अंकको ब्याजदर पुर्‍याउन सकिने अवस्था नरहेको उनले बताए। मुद्दती खातामा ११ देखि १२ प्रतिशतसम्म ब्याजदर छ। कर्जामा बढीमा साढे पन्ध्र प्रतिशतसम्म ब्याजदर तोकिएको जनाइएको छ। रासस


प्रकाशित : शुक्रबार, फागुन १९ २०७९०४:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend