बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

जीवन लघुवित्तको सेयर मूल्य एकवर्षयताकै सस्तो, कतिसम्म आउला?

शुक्रबार, फागुन १९ २०७९
जीवन लघुवित्तको सेयर मूल्य एकवर्षयताकै सस्तो, कतिसम्म आउला?

जुन एकवर्ष अगाडिकै मूल्य हो। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४ रुपैयाँले घटेको छ। 

काठमाडौं- राष्ट्र बैंकको कडाई र गतवर्षको तुलनामा सेयरधनीलाई दिने लाभांश घटेपछि जीवन लघुवित्तको सेयर मूल्यमा लगातार गिरावट आएको छ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेकै दिनदेखि घटिरहेको सेयर मूल्य एकवर्ष यताकै सस्तो भएको छ।  

गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको दिन देखि घटेको सेयर मूल्य बिहीबार प्रतिकित्ता १९९९ रुपैयाँमा आएको छ। जुन एकवर्ष अगाडिकै मूल्य हो। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४ रुपैयाँले घटेको छ। 

लाभांश गतवर्षभन्दा आधाले घटाएपछि जीवन विकास लघुवित्तको सेयर घटिरहेको छ। यता लाभांशमा नेपाल राष्ट्र बैंकले अंकुश लगाउने निर्देशनले पनि लघुवित्तको सेयर मूल्य लगातार घटिरहेको छ। जसको असर जीवन लघुवित्तको सेयर मूल्यमा समेत परेको छ। 

कुनै समय कम्पनीको सेयर मूल्य ५३ सय रुपैयाँसम्म पुगेको थियो। लघुवित्तले हाल कायम चुक्ता पुँजीको ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये २८ प्रतिशत बोनस सेयर रहेको छ भने ९.३६८४ प्रतिशत नगद लाभांश रहेको छ। गतवर्ष कम्पनीले ७० प्रतिशत लाभांश दिएको थियो।


प्रकाशित : शुक्रबार, फागुन १९ २०७९००:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend