बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

साताको अन्तिम कारोबारमा पनि देखिएन सुधार, बिहीबार २६ अंकले घट्यो सेयर बजार

बिहीबार , फागुन १८ २०७९
साताको अन्तिम कारोबारमा पनि देखिएन सुधार, बिहीबार २६ अंकले घट्यो सेयर बजार

बिहीबार २६.४७ अंकले घटेर बजार १९६९ बिन्दुमा पुगेको छ। १९ कम्पनीको सेयर मूल्य बढ्दा एक अर्ब ३३ करोड ६३ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- साताको पहिलो कारोबारमा आइतबार ४‍.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा पुगेको सेयर बजार त्यसयता लगातार ओरालो लागेको छ। साताको अन्तिम कारोबारमा पनि बजारमा सुधार देखिएन। 

बिहीबार २६.४७ अंकले घटेर बजार १९६९ बिन्दुमा पुगेको छ। १९ कम्पनीको सेयर मूल्य बढ्दा एक अर्ब ३३ करोड ६३ लाख रूपैयाँको कारोबार भएको छ। बजारमा बिहीबार १९४ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको भने स्थिर रह्यो। 

सोमबार ३.६५ अंकले घटेर २०२३.५४ बिन्दुमा झरेको बजार मंगलबार पनि माथि उक्लन सकेन। मंगलबार ३.८१ अंकले घटेर २०१९‍.७३ बिन्दुमा पुगेको नेप्सेमा बुधबार भारी गिरावट देखियो। बुधबार २४.३५ अंकले घटेर बजार १९९५.५८ बिन्दुमा झर्‍यो। 

यो साता एकदिन मात्र हरियो देखिएको बजार अन्तिम काराेबारमा पनि रातो अंकमा बन्द हुँदा लगानीकर्ता निराश छन्। लगानीकर्तालाई पुँजी बजारको समस्या समाधान गर्ने विश्वास दिलाउँदै आएका विष्णु पौडेलको अर्थमन्त्रीबाट बर्हिगमनले सेयर बजारमा उतारचढाव आएको विश्लेषकहरू बताउँछन्।     


प्रकाशित : बिहीबार , फागुन १८ २०७९०९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend