बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

प्रभु स्मार्ट फण्डको बिक्री आजदेखि खुला, कति दिने आवेदन?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १८ २०७९
प्रभु स्मार्ट फण्डको बिक्री आजदेखि खुला, कति दिने आवेदन?

इकाई छिटोमा फागुन २३ गते बन्द हुनेछ। सो अवधिसम्म मागबमोजिम आवेदन नपरे चैत ५ गतेसम्म लम्बिनेछ। 

काठमाडौं-  प्रभु क्यापिटल लिमिटेडले आजदेखि प्रभु स्मार्ट फण्डको इकाई बिक्री खुलाएको छ।

प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ८० करोड रुपैयाँको प्रभु स्मार्ट फण्डले बिहीबारबाट इकाई बिक्री खुलाएको हो। 

म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँका दरले कुल ८ करोड इकाई फण्ड निष्कासन गरेको हो। जारी इकाईमध्ये एक करोड १२ लाख कोष प्रवर्द्धक प्रभु बैंकलाई र ८ लाख योजना व्यवस्थापक प्रभु क्यापिटललाई छुट्याइएको छ।

सर्वसाधारणले बाँकी ६ करोड ८० लाख करोडमा आवेदन दिन सक्नेछन्। न्यूनतम १०० र अधिकतम ८० लाख इकाईका लागि आवेदन पेस गर्न सकिनेछ। फण्डमा सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

इकाई छिटोमा फागुन २३ गते बन्द हुनेछ। सो अवधिसम्म मागबमोजिम आवेदन नपरे चैत ५ गतेसम्म लम्बिनेछ। 


प्रकाशित : बिहीबार , फागुन १८ २०७९०७:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend