मोरङ- स्रोत नखुलेको ७ लाख २० हजार भारतीय रूपैयाँसहित दुई जना पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट स्रोत नखुलेको उक्त रकमसहित भारत हरियाणा बहादुरगंज बस्ने ३० वर्षीय सन्नी गुप्ता र सोही ठाउँ बस्ने ४३ वर्षीय सुरेन्द्र कुमारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त रूपैयाँसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको
हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।