बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

बीपीडब्लु लघुवित्तको आईपीओ खुला

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १८ २०७९
बीपीडब्लु लघुवित्तको आईपीओ खुला

कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण सेयरको बिक्री खुला गरेको हो । 

काठमाडौं- बीपीडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण सेयरको बिक्री खुला गरेको हो । 

कम्पनीले प्रतिकित्ता एकसय अंकित दरमा ८० हजार नौसय ५० कित्ता साधारण सेयरको सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। निष्कासित सेयरमा सर्वसाधारण लगानिकर्तले यही फागुन २३ गतेसम्म अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणाली अनुसार तथा अनलाईनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खदिरको आवेदन दिन सकिने कम्पनीले जनाएको छ। 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवर्द्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बिबी माइनस्’ प्रमाणपत्र प्रदान गरेको छ। रासस


प्रकाशित : बिहीबार , फागुन १८ २०७९०६:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend