काठमाडौं- बिहीबार सुनको मूल्य प्रतिताेला तीनसय रूपैयाँले बढेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख २ हजार ६ सय र तेजाबी सुन एक लाख २ हजार १ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार छापावाल सुन एक लाख २ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८ सय कायम थियो।
चाँदीको मूल्य भने बिहीबार स्थिर छ। बुधबार एक हजार २ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।