काठमाडौं- भारतीय आयल कर्पोरेशन (आईओसी) ले ग्यासको मूल्यमा भारी वृद्धि गरेर पठाएको छ। एलपीजी ग्यास प्रतिसिलिन्डर ३ सय ४९ रुपैयाँले वृद्धि भएको छ। आईओसीले ग्यासबाहेक सबै इन्धनको मूल्य भने घटाएर पठाएको छ।
नेपालमा अहिले ग्यासको मूल्य प्रतिसिलिन्डर १८ रुपैयाँ रहेको छ।
आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १.२१ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँले घटाएर पठाएको छ। मट्टितेल प्रतिलिटर ३.४० रुपैयाँ र हवाई इन्धन ५ रुपैयाँले घटेर आएको छ।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ।