बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सतप्रतिशत हकप्रदको अनुमति पाएकै दिन माथिल्लो तामाकोशीको सेयर मूल्यमा किन भारी गिरावट?

बुधबार, फागुन १७ २०७९
सतप्रतिशत हकप्रदको अनुमति पाएकै दिन माथिल्लो तामाकोशीको सेयर मूल्यमा किन भारी गिरावट?

काठमाडौं- माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले सतप्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति पाएकै दिन सेयर मूल्य भने घटेको छ। लगानीकर्ताले हकप्रद लिनभन्दा पनि महँगो मूल्यमा सेयर बिक्री गरेर बाहिरिन खोजेको देखिएको छ।

कम्पनीले विद्युत नियमन आयोगबाट मंगलबार मात्रै हकप्रदको स्वीकृति पाएको थियो।

upper 11.JPG

बुधबार सबैभन्दा बढी कारोबार हुने सूचीमा माथिल्लो तामाकोशी रहेको छ। कम्पनीको बुधबार १ लाख ७९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ४७५ रुपैयाँमा कारोबार भएको छ।

कम्पनीको सेयर मूल्य बुधबार मात्रै प्रतिकित्ता ८ रुपैयाँले घटेको छ। कम्पनीको सेयर मूल्य ३५४ रुपैयाँबाट लगातार बढेर एक समय ६४७ रुपैयाँसम्म पुगेको थियो। 

कम्पनीको गत भदौमा सम्पन्न साधारणसभाले १ बराबर १ सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : बुधबार, फागुन १७ २०७९१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend