आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

दुई महिनामै नेपाल आए १ लाख २७ हजारभन्दा बढी पर्यटक, आउन थाले चिनियाँ

images
बुधबार, फागुन १७ २०७९
images
दुई महिनामै नेपाल आए १ लाख २७ हजारभन्दा बढी पर्यटक, आउन थाले चिनियाँ
images
images

काठमाडौं- सन् २०२३ को पहिलो दुई महिनामै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १ लाख २७ हजार ३ सय २९ पुगेको छ।

images
images
images

अध्यागमन विभागका अनुसार जनवरीमा ५४ हजार ७४ र फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय रहेका छन्।

images
images

दुई महिनामा भारतबाट नेपाल भ्रमणमा आउने पर्यटको संख्या ३४ हजार ८ सय ३७ रहेको छ।

images
images

यसैगरी चीनले हवाई उडान खुला गरेसँगै चिनियाँ पर्यटको संख्या पनि बढ्न थालेको छ। जनवरीमा १४ सय ३६ चिनियाँ पर्यटक नेपाल भ्रमणका आएका थिए। फेब्रुअरीमा यो संख्या बढेर २ हजार २ सय २६ जना पुगेका छन्।

२०२३ को फेब्रुअरीमा मात्र भारतबाट १८ हजार ४ सय १ जना पर्यटक नेपाल आएका छन्।

यसैगरी अमेरिकाबाट ७ हजार ८८७ जना पर्यटक नेपाल आएका छन्। थाइल्याण्डबाट ४ हजार ८ सय २ जना बेलायतबाट ४ हजार ३ सय ४५, दक्षिण कोरियाबाट  ३ हजार २ सय ४६, अष्ट्रेलियाबाट २ हजार ९ सय ६९, म्यानमारबाट २ हजार २ सय ३२, श्रीलंकाबाट २ हजार १ सय ७५ र जर्मनीबाट २ हजार १ सय ८ जना पर्यटक नेपाल आएका छन्।


प्रकाशित : बुधबार, फागुन १७ २०७९१०:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend