बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

कर नबुझाउने वीरगञ्जका ८ सय ३२ करदातामाथि कारबाही प्रक्रिया सुरू

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १७ २०७९
images
images
कर नबुझाउने वीरगञ्जका ८ सय ३२ करदातामाथि कारबाही प्रक्रिया सुरू

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व संकलनमा कमी आएको छ। 

images
images

वीरगञ्ज- आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ। 

images
images
images

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका ४ सय ३ र आयकरका ४ सय २९ गरी ८ सय ३२ करदातामाथि कारबाही प्रक्रिया सुरू भएको कार्यालयले जनाएको छ।  

प्रमुख कर अधिकृत ढाकाराम तिवारीले भने, ‘पहिलो चरणमा चरणमा करदातालाई १५ दिने र सातदिने पत्र पठाइसकेका छौँ। यसपछि पुनःतीन दिनको पत्र पठाउने छौँ।’

images

पत्र प्राप्त गरेर पनि बक्यौता नबुझाइए उनीहरुको बैंक खाता रोक्का समेत गरिने उनले जानकारी दिए। जिल्लामा एक लाख २४ हजार तीन सय पाँच करदाता रहेको कार्यालयले जनाएको छ।

images

यसैबीच बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व संकलनमा कमी आएको छ। सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा चार अर्ब ७३ करोड १६ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ६६ दशमलव ६१ प्रतिशत अर्थात तीन अर्ब १५ करोड १६ लाख रूपैयाँमात्र राजस्व संकलन भएको छ । 
 
चालु आर्थिक वर्षको छ महिनामा अन्तशुल्कतर्फ एक अर्ब ३१ करोड ९५ लाख २९ हजार रूपैयाँ, आयकरतर्फ एक अर्ब चार करोड ८८ लाख ६९ हजार रूपैयाँ, मूल्य अभिवृद्धिकरतर्फ ७३ करोड ६७ लाख ६६ हजार रूपैयाँ, ब्याजकर तर्फ दुई करोड ४० लाख २३ हजार र घरबहाल करतर्फ दुई करोड २४ लाख ९९ रूपैयाँ हजार राजस्व संकलन भएको सो कार्यालयका सूचना अधिकारी सञ्जय सरदार क्षेत्रीले जानकारी दिए। 
 
विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगरेको तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबद्ध लगायतका कारणले राजस्व संकलन घटेको सूचना अधिकारी क्षेत्रीको भनाइ छ। गत आर्थिक वर्ष २०७८/७९ मा सो कार्यालयले नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ९२ दशमलव ३० प्रतिशत अर्थात् आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : बुधबार, फागुन १७ २०७९०९:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend