बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लगातार गिरावट आएको सेयर बजार बुधबार २४ अंकले घट्यो, कारोबार रकम १ अर्ब २८ करोडमात्र

बुधबार, फागुन १७ २०७९
लगातार गिरावट आएको सेयर बजार बुधबार २४ अंकले घट्यो, कारोबार रकम १ अर्ब २८ करोडमात्र

काठमाडौं- साताको पहिलो कारोबारमा आइतबार ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा पुगेको सेयर बजार त्यसयता लगातार ओरालो लागेको छ। 

बुधबार २४.३५ अंकले घटेर बजार १९९५.५८ बिन्दुमा पुगेको छ। २० कम्पनीको सेयर मूल्य बढ्दा १ अर्ब २८ करोड ८३ लाख रूपैयाँको कारोबार भएको छ। बजारमा बुधबार १८९ कम्पनीको सेयर मूल्य घट्दा ७ कम्पनीको भने स्थिर रह्यो। 

सोमबार ३.६५ अंकले घटेर २०२३.५४ बिन्दुमा झरेको बजार मंगलबार पनि माथि उक्लन सकेन। मंगलबार ३.८१ अंकले घटेर २०१९‍.७३ बिन्दुमा पुगेको नेप्सेमा बुधबार भारी गिरावट देखिएको छ।

यो साता एकदिन मात्र हरियो देखिएको बजार सोमबारयता रातो अंकमा बन्द हुँदा लगानीकर्ता निराश छन्। लगानीकर्तालाई पुँजी बजारको समस्या समाधान गर्ने विश्वास दिलाउँदै आएका विष्णु पौडेलको अर्थमन्त्रीबाट बर्हिगमनले सेयर बजारमा उतारचढाव आएको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बुधबार, फागुन १७ २०७९०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend