सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

१ रुपैयाँमा १ हजार ८ सय २५ लिटर भूमिगत पानी दोहन गरिरहेको पेप्सी उत्पादक वरुणको आम्दानी ८ अर्ब पुग्यो

कच्चा पदार्थको मूल्य बढ्दा पनि २१ प्रतिशत मार्जिन 

images
बुधबार, फागुन १७ २०७९
images
images
१ रुपैयाँमा १ हजार ८ सय २५ लिटर भूमिगत पानी दोहन गरिरहेको पेप्सी उत्पादक वरुणको आम्दानी ८ अर्ब पुग्यो

कार्बोनेटेड सफ्ट ड्रिंक्समा ३९ प्रतिशत बजार हिस्ता रहेको कम्पनीको ९० प्रतिशत आम्दानी एउटै उत्पादन माउन्टेन ड्यूबाट हुन्छ। 

images
images

काठमाडौं- एक रुपैयाँमै १ हजार ८ सय २५ लिटर भूमिगत पानी दोहन गरिरहेको नेपालमा पेप्सी उत्पादन गर्ने वरुण बेभरेजको आम्दानी बढेको छ। पेप्सिकोका विभिन्न उत्पादन बिक्री गरेर कम्पनीले गतवर्ष ८ अर्ब २ करोड रूपैयाँ आम्दानी गरको हो। 

images
images

पछिल्ला वर्षहरूको तुलनामा कम्पनीको आम्दानीमा उच्च वृद्धि देखिएको छ। कम्पनीले सन् २०२१ मा ६ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

images
images

वरुण बेभरेज इन्डियाको शतप्रतिशत लगानी रहेको यो कम्पनीले नेपालमा पेप्सिकोका विभिन्न पेयपदार्थ उत्पादन गर्दै आएको छ। पेप्सी, माउन्टेन ड्यू, स्लाइस, मिरिन्डा, सेभेनअप, अक्वफिना, सोडा लगायतका पेय पदार्थ उत्पादन गर्छ।  

images
images

कार्बोनेटेड सफ्ट ड्रिंक्समा ३९ प्रतिशत बजार हिस्सा रहेको कम्पनीको ९० प्रतिशत आम्दानी एउटै उत्पादन माउन्टेन ड्यूबाट हुन्छ। 

वित्तीय अवस्था राम्रो भएकाले कम्पनीले रेटिङ सुधार भएको छ। कम्पनीको ऋणमाथिको निर्भरता न्यून रहेको छ। ऋण/मार्जिन अनुपात यसको जम्मा ०.२ गुणामात्र रहेको छ।  कम्पनीको इन्ट्रेष्ट कभरेज अनुपात ३३ गुणा रहेको छ। उच्च ब्याजदरका बाबजुद पनि यो अनुपात स्वस्थ देखिएको छ। कम्पनीसँग ६९ प्रतिशत ऋण लिनसक्ने सुविधाको स्पेस बाँकी रहेको छ। 

इक्रा नेपालले यसको रेटिङ एप्लस दिएको छ। २ अर्ब ४८ करोड अल्पकालीन ऋणको रेटिङ कम्पनीले गराएको छ। 

कच्चा पदार्थको मूल्यमा भइरहने उतारचढाबले कम्पनीको मार्जिन प्रभावित हुँदै हुने गरेको छ। पछिल्लो समय कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा पनि यसको कुल आम्दानीबाट २१ प्रतिशत नाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मार्जिन २६ प्रतिशत थियो। 

भूमिगत पानीको दोहन

यसरी ८ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्ने वरुणले अहिले तीनवटा ट्यूबवेलबाट दैनिक ३ लाख लिटर भूमिगत पानी तानिरहेको छ। वरुणले एउटा ट्यूबवेलबाट ३ करोड ६५ लाख लिटर भूमिगत पानी तानिरहेको छ। सोही हिसाबमा उसले तीनवटा ट्यूबवेलबाट वार्षिक १० करोड ९५ लाख लिटर भूमिगत पानी तानिरहेको छ।

वरुणले २०२१ मा ६ अर्ब ५४ करोड, २०२० मा ५ अर्ब १४ करोड र २०१९ मा ६ अर्ब ८७ करोड रुपैयाँको कारोबार गरेको थियो। तर उसले तीनवटा ट्यूबवेलबाट पानी तान्दा बोर्डलाई भने एउटा ट्यूबवेलको २० हजार रुपैयाँका दरले वार्षिक ६० हजार रुपैयाँमात्रै तिरिरहेको छ। सोही आधारमा वरुणले १ रुपैयाँमा १ हजार ८ सय २५ लिटर पानी पाएको छ।

उदाहरणका लागि सामाजिक हितमा सक्रिय संस्था नेपाल रेडक्रस सोसाइटीले एउटा ट्यूबवेलबाट दैनिक ६ हजार लिटर पानी तान्दा जति रकम लिएको छ, दैनिक एउटा ट्यूबवेलबाट १ लाख २० हजार लिटर पानी तानेर व्यापार गर्ने बोटलर्स नेपाललाई पनि समान शुल्क लिएको छ।

नेपाल रेडक्रस सोसाइटीले दैनिक ६ हजार लिटर पानी तान्दा वर्षमा २१ लाख ९० हजार लिटर भूमिगत पानी तान्छ। यसवापत उसले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई वार्षिक २० हजार रुपैयाँ तिर्छ। सोसाइटीले १ रुपैयँमा १ सय ९ लिटर पानी निकाल्छ। तर वर्ष दिनमै ८ अर्बको व्यापार गर्ने वरुणले १ रुपैयाँमा नै १ हजार ८ सय २५ लिटर पानी तान्छ।

पेप्सी बेचेर एक वर्षमै सवा ८ अर्बको व्यापार गर्ने वरुणलाई सरकारले एक रुपैयाँमै दिन्छ १८ सय २५ लिटर भूमिगत पानी पेप्सी बेचेर एक वर्षमै सवा ८ अर्बको व्यापार गर्ने वरुणलाई सरकारले एक रुपैयाँमै दिन्छ १८ सय २५ लिटर भूमिगत पानी


प्रकाशित : बुधबार, फागुन १७ २०७९०७:५८
  • सम्बन्धित विषय:

  • # भूमिगत पानीको दोहन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend