बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

माथिल्लो त्रिसूली-१ जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ निर्माण सम्पन्न 

आयोजना निर्माणमा ७ सय कामदार परिचालित, आधा स्थानीय 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १७ २०७९
images
images
माथिल्लो त्रिसूली-१ जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ निर्माण सम्पन्न 

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्। बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ। 

images
images

काठमाडौं-प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको बाँधलगायत संरचना (हेडवर्क्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरूङको निर्माण सम्पन्न भएको छ।

images
images
images

रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकूमा बाँध निर्माणका लागि ४२० मिटर लामो सुरूङ निर्माण भएको छ। सुरूङ निर्माण सम्पन्न भएपछि मंगलबारबाट सोही सुरूङबाट नदी फर्काएर बाँध निर्माण सुरूङ गरिएको आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइ हक युनले जानकारी दिएका छन्। 

‘आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ, मुख्य तथा प्रवेश सुरूङ, टेलरेसहित सुरूङको जम्मा लम्बाइ १३.५ किलोमिटर रहेकोमा अहिलेसम्म ४.५ किलोमिटर सम्पन्न भएको छ,' उनले भने, 'यस अवसरमा निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौँ, तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको छ।’ 

images

uptrishuli3b.jpg

images

आयोजनाको भूमिगत विद्युतगृह खन्ने कार्य करिब २१ प्रतिशत सम्पन्न भएको छ। आयोजनाको समग्र भौतिक प्रगति १४ प्रतिशत रहेको छ। आयोजनाको मुख्य निर्माण गत २०७८ पुसबाट सुरूङ गरिएको थियो। आयोजना निर्माणमा हाल करिब ७ सय कामदार परिचालित छन्। त्यसमध्ये करिब ३ सय रसुवाका स्थानीय बासिन्दा छन्। 

आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले काम गरिरहेको छ। 

उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली-१ हालसम्मकै ठूलो जलविद्युत आयोजना हो। आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम लगायतको शेयर लगानी रहेको छ। आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ। 

uptrishuli3b1.jpg

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्। बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ।

आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ। आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुनेछ। उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली-३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ।  

uptrishuli3b2.jpg

काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ। आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ। आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ।


प्रकाशित : बुधबार, फागुन १७ २०७९०६:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend