बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सूर्योदय वोमी लघुवित्तको लाभांश प्रस्ताव, बोनस सेयर कति? 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १७ २०७९
सूर्योदय वोमी लघुवित्तको लाभांश प्रस्ताव, बोनस सेयर कति? 

हाल कम्पनीको चुक्तापूँजी ७९ करोड १९ लाख ८४ हजार रूपैयाँ रहेको छ।

काठमाडौं- सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। 

फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। 

हाल कम्पनीको चुक्तापूँजी ७९ करोड १९ लाख ८४ हजार रूपैयाँ रहेको छ। सोही पुँजीका आधारमा कम्पनीले यसको १५ प्रतिशतले हुन आउने ११ करोड ८७ लाख बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।

साविक वोमी लघुवित्त वित्तीय संस्था र साविक सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा गई २०७८ साल चैत १९ गतेदेखि एकिकृत कारोबार गरेका थिए। यसकारण कम्पनीले लाभांश करमा छुट पाएको छ।

एकिकृत कारोबार भएको दुइ वर्षसम्म लाभांश कर छुट हुने व्यवस्था छ। 


प्रकाशित : बुधबार, फागुन १७ २०७९०६:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend