बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

भूकम्पपछि ४० हजारभन्दा बढी सिरियाली शरणार्थी टर्कीबाट फर्किए

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १७ २०७९
images
images
भूकम्पपछि ४० हजारभन्दा बढी सिरियाली शरणार्थी टर्कीबाट फर्किए

धेरैजसो शरणार्थीहरू भूकम्पअघि पनि राहत सामग्रीमा नै निर्भर भइरहेका कारण भूकम्पपछि अवस्था झनै जटिल बनेको बताइएको छ। 

images
images

काठमाडौं- टर्कीका रहेका झन्डै ४२ हजार सिरियाली शरणार्थीहरू शक्तिशाली भूकम्पपछि स्वेच्छाले स्वदेश फर्किएको टर्कीका रक्षामन्त्री हुलुसी अकारले जानकारी दिएको रोयटर्सले जनाएको छ। 

images
images
images

यही फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट प्रभावित र दक्षिणी टर्कीमा 'आफ्ना घर, बालबालिका र आफन्त गुमाएका' सिरियालीहरू स्वदेश फर्किरहेको दक्षिणी हाते प्रान्तमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हुलुसीले जानकारी दिएका हुन्।  

सन् २०११ मा गृहयुद्ध सुरु भएपछि आफ्नो देशबाट भागेका लगभग ३५ लाख सिरियाली शरणार्थीहरू टर्कीमा रहेको बताइन्छ। लगभग आधा शरणार्थीहरूले विनाशकारी भूकम्पबाट प्रभावित दक्षिणी टर्कीमा शरण लिएका छन्।

images

टर्की सरकारले गत वर्ष सिरियाली शरणार्थीहरूलाई आफ्नो मातृभूमिमा पूर्णरूपमा फर्कन प्रोत्साहित गर्न दुई छिमेकी देशबीचको राउन्डट्रिप गर्न अस्थायी सुरक्षा अनुमतिका साथ प्रतिबन्ध लगाएको थियो। त्यसपछि सरकारले भूकम्पपछि शरणार्थीहरूका लागि आवतजावत गर्ने यात्रा प्रतिबन्धलाई पनि खुकुलो बनाएको छ।

images

फेब्रुअरी ६ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा गएको ७.७ र ७.६ म्याग्निच्युडको भूकम्पपछि टर्की र सिरियामा ४६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

धेरैजसो शरणार्थीहरू भूकम्पअघि पनि राहत सामग्रीमा नै निर्भर भइरहेका कारण भूकम्पपछि अवस्था झनै जटिल बनेको बताइएको छ। 


प्रकाशित : बुधबार, फागुन १७ २०७९०५:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend