काठमाडौं- बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबारको तुलनामा आज सुन प्रतितोला पाँचसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन एक लाख २ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८ सय कायम छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख एक हजार ८ सय र तेजाबी सुन एक लाख एक हजार ३ सय कायम थियो।
आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ। मंगलबार एक हजार २ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार २ सय ७० कायम छ।