बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

समस्याग्रस्त चार सहकारीका बचतकर्ताको पैसा फिर्ता गरिँदै, २४ जनाले फिर्ता पाए पैसा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १६ २०७९
images
images
समस्याग्रस्त चार सहकारीका बचतकर्ताको पैसा फिर्ता गरिँदै, २४ जनाले फिर्ता पाए पैसा

स्टाण्डर्ड मल्टिपर्पोज कोअपरेटिभका बचतकर्ताको सबै बचत यसअघि नै फिर्ता गरिएको समितिले जनाएको छ।

images
images

काठमाडौं- सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका बचतकर्तालाई पैसा फिर्ता गर्न थालेको छ।

images
images
images

सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये चार सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यालय प्रमुख केशवप्रसाद पौडेलले जानकारी दिए।

समितिले स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका ११, प्यासिफिक सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका आठ, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका दुई र कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तीन जनालाई बचत फिर्ता गरेको हो।

images

स्टाण्डर्ड मल्टिपर्पोज कोअपरेटिभका बचतकर्ताको सबै बचत यसअघि नै फिर्ता गरिएको समितिले जनाएको छ। सरकारले समस्याग्रस्त घोषणा गरेकामा ओरेण्टल कोअपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छन्। 

images

यसैगरी प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम १२ सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको हो। समस्याग्रस्त सहकारीको व्यवस्थापनको काम समितिले गर्ने व्यवस्था पनि ऐनमा गरिएको छ । यही व्यवस्थाअनुसार सबै सहकारीका बचतकर्ताको पैसा फिर्ता गरिने बताइएको छ। रासस


प्रकाशित : मंगलबार, फागुन १६ २०७९१३:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend