बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

बर्सेनि खाद्यान्न अभाव हुने कर्णालीका २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १६ २०७९
images
images
बर्सेनि खाद्यान्न अभाव हुने कर्णालीका २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै

कर्णालीमा बर्सेनि खाद्यान्न अभाव हुने गर्दछ। कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये ७२ प्रतिशत जमिनमा खेती हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको तथ्यांकमा छ।

images
images

सुर्खेत- कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको पाइएको छ। बाँझो जमिन सदुपयोग गर्ने सरकारले नीति लिए पनि कर्णाली प्रदेशभर अहिले पनि २८ प्रतिशत जमिन बाँझै रहेको तथ्यांकले देखाएको हो। 

images
images
images

कर्णालीमा बर्सेनि खाद्यान्न अभाव हुने गर्दछ। कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये ७२ प्रतिशत जमिनमा खेती हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको तथ्यांकमा छ। मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार देशको २२ प्रतिशत क्षेत्रफल ओगटेको कर्णाली प्रदेशका ७४ प्रतिशत नागरिक कृषिमा निर्भर छन्।

दुई लाख ९९ हजार तीनसय ३९ हेक्टर खेतीयोग्य जमिनमा तीन लाख ३९ हजार नौसय नौ मेट्रिकटन खाद्यान्न उत्पादन हुने गरेको छ। जबकी कर्णालीमा वार्षिक तीन लाख ५८ हजार तीनसय १६ मेट्रिक टन खाद्यान्न आवश्यक पर्दछ।

images

बाँझो जमिन उपयोग गर्न सरकारले फलफूल, तरकारी खेती लगायतमा जोड दिएको प्रवक्ता कठायतले बताए। उनले भने, ‘हामीले बाँझो जमिन सदुपयोग गर्न विभिन्न योजना बनाएर काम गरिरहेका छौँ। हिमाली जिल्लामा स्याउ, ओख्खर खेती र पहाडी जिल्लामा सुन्तला, किबी र विभिन्न जातका फलफूलखेतीका लागि किसानलाई प्रोत्साहित गरिरहेका छौँ।’ 

images

गरिबी न्यूनीकरण र खाद्यान्न अभाव कम गर्न बाँझो रहेको जग्गा सदुपयोग गर्दै आएको प्रदेश सरकारले जनाएको छ। खेतीयोग्य जमिन बाँझो राखेर खाद्यान्न उत्पादन बढाउन नसकिने भन्दै त्यसका लागि किसान आकर्षण कार्यक्रम सरकारले ल्याएको उनको भनाइ छ। तर बर्सेनि खेतीयोग्य जमिन समेत बाँझिदै गएका छन् भने खाद्यान्न अभाव पनि भइरहन्छ। रासस 


प्रकाशित : मंगलबार, फागुन १६ २०७९०९:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend