बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हिमालयन-सिभिल मर्ज : साविकका सिभिल ब्रान्च अधिकारविहीन हुँदा ग्राहकलाई सास्ती

मंगलबार, फागुन १६ २०७९
हिमालयन-सिभिल मर्ज : साविकका सिभिल ब्रान्च अधिकारविहीन हुँदा ग्राहकलाई सास्ती

काठमाडौं- सिभिल बैंक गाभिएर हिमालयन बैंकमार्फत एकीकृत कारोबार सुरु भएको पाँचदिन भइसकेको छ। तर हिमालयन बैंकमा विलय भएको सिभिल बैंकलाई हिमालयन बैंक व्यवस्थापनले कुनै अधिकार नदिएको साविकका सिभिल बैंकका कर्मचारीहरूले दु:खेसो गरेका छन्।

फागुन १२ गतेबाट दुवै बैंकको एकीकृत कारोबार सुरु भएको हो। एकीकृत कारोबार भएको पाँच दिन भइसक्दा पनि सिभिलका ग्राहकले न त सिभिल बैंकको पुरानो मोबाइल एप्लिकेसनबाट सेवा लिन पाएका छन् न त हिमालयनको एप्लिकेसनबाट सेवा लिन पाएका छन्।

हरेक दिन एप्लिकेसनले काम नगरेको भन्दै ग्राहकलाई जवाफ दिन परेको साविकको सिभिल बैंकका कर्मचारी बताउँछन्। बैंकको एकीकृत कारोबारपछि पठाइएको नयाँ खाता नम्बरसमेत ग्राहकले पाउन सकेका छैनन्।

अर्कोतर्फ सिभिल बैंकबाट कनेक्ट आईपीएस सुविधा लिएकाले समेत सेवा लिन पाएका छैनन्। सिभिल बैंकका ग्राहकले बैंकको शाखामा गएर रकम निकाल्नुपर्ने अवस्था छ।

साथै हिमालयनले साविकका सिभिल बैंकका ब्रान्चबाट नयाँ खाता खोल्ने प्रणाली पनि प्रयोग गर्न नदिएको कर्मचारीहरू बताउँछन्।

सिभिलको एटीएम म्याद सकिएको नवीकरण तथा नयाँ एटीएम लिनहरूको लागि समेत साविकको सिभिलका कर्मचारी तथा ब्रान्चले फारम लिएका छैनन्। साविकका सिभिलका कर्मचारी ग्राहकको गुनासो सुनेर केही दिन समय लाग्ने जवाफमात्रै दिइरहेका छन्।


प्रकाशित : मंगलबार, फागुन १६ २०७९०८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend